२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म्यानपावर धरौटी’मा बैंकहरुबीच चर्को प्रतिष्पर्धा, कुन बैंकमा के छ स्किम ?

१६ श्रावण २०७६, बिहीबार ०७:०७

मनोज पराजुली | साउन १६, काठमाडौं । बैदेशिक रोजगारीको लागि काम गर्ने म्यानपावर कम्पनीहरुको धरौटीको लागि बैंक ग्यारेन्टी दिनको लागि वाणिज्य बैंकहरु विच तीव्र प्रतिष्पर्धा शुरु भएको छ । ‘क’ वर्गका बैंकहरुले म्यानपावर कम्पनीहरुलाई छुट्टा-छुट्टै स्किम दिएर व्यतिगत तथा संस्थागत रुपमा नै प्रस्ताव गरेका छन् । बैंक ग्यारेन्टी दिनका लागि प्राइम कमर्शियल बैंक, ग्लोबल आइएमई बैंक, सिभिल बैंक, सनराइज बैंक र प्रभु बैंकले नेपाल बैदेशिक रोजगार व्यवसायी संघ मार्फतनै समन्वय गरि स्किम दिएका हुन् । 

धरौटी रकम ६ करोडसम्म 

सरकारले ‘बैदेशिक रोजगार ऐन २०६४’ संसोधन गरि म्यानपावर कम्पनीहरुको धरौटी रकम ६ करोडसम्म पुर्याएको छ । वार्षिक तीन हजारभन्दा थोरै कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावरका हकमा ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाएमा एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड र वार्षिक ५ हजारभन्दा बढि कामदार पठाएमा २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ । यो व्यवस्था अनुसार आगामी भदौ १८ अगाडी नै म्यानपावरले तोकिएको धरौटी रकम जम्मा गरिसक्नुपर्ने हुन्छ । थपिएको धरौटी रकम बैंक ग्यारेन्टी राख्नको लागि कुन बैंकले सस्तोमा दिएको छ भनेर व्यवसायीहरुले पनि बैंकहरुसंग छलफललाई तीव्रता दिएका छन् । 

बैंक ग्यारेन्टीका लागि बैंकका स्किमहरु  

हाल म्यानपावरले २३ लाख बैंक ग्यारेन्टी र ७ लाख नगद गरि ३० लाख धरौटी राखेर आफ्नो म्यानपावर संचालन गर्दै आएको अवस्थामा भदौदेखि त्यहि रकममा थपेर तोकिएको धरौटी पुर्याउने म्यानपावरले मात्र म्यानपावर संचालन गर्न पाउनेछन् । हालसम्मको व्यवस्था अनुरुप सबैभन्दा बढी प्राइम बैंकले म्यानपावर कम्पनीलाई बैंक ग्यारेन्टी दिएको छ । प्राइम पछि क्रमश: ग्लोबल आइएमई, सिद्धार्थ बैंक, सनराइज बैंक, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, एनआइसी एसिया, कुमारी बैंक, मेगा बैंक, जनता र कुमारी बैंकले म्यानपावर कम्पनीको धरौटीको लागि बैंक ग्यारेन्टी दिएका छन् ।

भदौ १८ पछि कायम हुने धरौटी रकम अनुसार न्युनतम १ करोड ५० लाख बैंक ग्यारेन्टीको लागि क्यास मार्जिन २५ लाख सहित ५ वर्षको लागि बैंकले कमिसन रकम ५ लाख लिने प्राइम बैंकका बागबजार शाखा प्रमुख शिभराज पन्तले जानकारी दिए । नगद बाहेक धितो राखेर पनि सहज र छिटो तरिकाले व्यवसायीले सेवा लिन सक्ने उनले बताए । 

त्यस्तै मेगा बैंकले बैंक ग्यारेन्टी रकमको क्यास मार्जिन २० प्रतिशत नगद लिने बैंकका नायब महाप्रवन्धक तुलसीराम पोखरेलले जानकारी दिए । तर धितोको हकमा सय प्रतिशत कभरेज हुनुपर्ने उनले बताए । कति प्रतिशत हुने भन्ने कम्पनीको व्यालेन्स सिटका आधारमा तय हुने भएकोले राम्रो कम्पनीलाई न्युनतम २० प्रतिशतमा नै दिन सकिने पोखरेलले बताए । सबै कम्पनीलाई सोहि आधारमा दिन नसक्ने भन्दै उनले भने “कम्पनीको लागि भए वार्षिक ८.५ प्रतिशतसम्म ब्याज दिन्छौं ।’’ व्यवसायी संस्थागत रुपमा आएमा त्यसमा पनि थप छलफल गर्न सकिने पोखरेलले बताए ।

त्यस्तै सनराइज बैंकले म्यानपावर कम्पनीलाई नै लक्षित गरि विभिन्न ४ प्रकारका सुविधा मध्ये एक लिन सक्ने गरि व्यवस्था गरेको बैंकका कर्पोरेट प्रमुख हरि आचार्यले जानकारी दिए । 


म्यानपावर भनेर हुँदैन सबै एकै प्रकारका हुँदैनन् भन्दै सिटिजन बैंक इन्टर्नेशनलका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने “बैंक ग्यारेन्टी हाम्रो प्रमुख बिजनेश हो, जोखिम हेरेर मुल्य निर्धारण गर्छौं ।’’ 

यता म्यानपावर व्यवसायीलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले छुट्टै स्किम नै दिएको छ । बैंकले डेढ करोडका लागि क्यास मार्जिन २५ लाख र बैंक कमिसन ४ लाख ५० हजार तोकेको छ । त्यस्तै गरि क्यास मार्जिन बैंक ग्यारेन्टीको २० प्रतिशत र ५ वर्षका लागि कमिसन ४ लाख तोकेको छ । तेश्रो विकल्पका रुपमा बैंकले क्यास मार्जिन सय प्रतिशत नै अर्थात् डेढ करोड रकम अथवा फिक्स डिपोजिट तोकेको छ, त्यसमा कमिसन रकम ३ लाख ५० हजार तोकिएको बैंकले जनाएको छ । 

त्यस्तै प्रभु बैंकले डेढ करोड बैंक ग्यारेन्टीको लागि ३० लाख नगद रकममा ५ वर्षका लागि ४ लाख ७५ हजार बैंक कमिसन तोकेको छ । 

बैदेशिक रोजगार विभागमा दर्ता रहेका १ हजार ५ सय २७ म्यानपावर कम्पनीमध्ये गत वर्ष १ हजार १ सय ७२ म्यानपावर कम्पनीले कामदार पठाएका छन् । ति कम्पनीहरु मध्ये करिब ७ सय कम्पनीले बढेको धरौटी रकम राख्ने व्यवसायीहरुको आंकलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु