2026-09-04 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको रोजगारी खुला नगरे यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने म्यानपावर व्यवसायीको चेतावनी

साउन १६, काठमाडौँ  | सरकारले मलेसिया पठाउन रोक लगाएपछि  वैदेशिक रोजगार व्यवसायीहरु आक्रोशित बनेका छन् | सरकारले मलेसियामा कामदार पठाउन रोकलगाएको १४ महिना बितिसकेको छ भने मलेसियासँग श्रम समझदारीमा हस्ताक्षर भएको पनि ९ महिना बढी भएको छ | 

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब पनि मलेसिया खुला नगरे यसअघिको पूर्वस्वीकृतिका आधारमा कामदारको अन्तरवार्ता लिन सुरु गर्ने  चेतावनी दिएका छन्  |

नयाँ मागपत्र प्रमाणीकरणका लागि मलेसियास्थित दूतावासलाई आवश्यक निर्देशन दिन परराष्ट्र मन्त्रालयमा डेलिगेसन जाँदैछौं   | त्यति गर्दा पनि सुनुवाइ भएन भने अवसर नपाएका कामदारले विदेशमा रोजगारी गर्न पाउने र व्यवसायीले स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउने अधिकार हनन भएको विषयमा मानवअधिकार आयोगमा उजुरी  गर्ने ब्यबसायीहरुको भनाइ छ  |

सरकारले आफूहरुको आवाज नसुनेमा यो मुद्दालाई संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सम्म पुर्‍याएर अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी संघले दिएको छ । मलेसियाको रोजगारी खुलाउन माग गर्दै मंगलबार व्यवसायीहरुले बुद्धनगरस्थित वैदेशिक रोजगार विभागमा धर्नासमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो