साउन १६, बझाङ | बझाङ जिल्लाको ३ वटा स्थानमा एनसेल टावरमाथि एकैपटक आक्रमण भएको छ | बुधबार राति जिल्लाको मष्टा गाउँपालिका , थलारा गाउँपालिका र वित्थडचिर गाउँपालीकामा रहेको एनसेल टावरमा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेको छ |
आगजनी बारे जानकारी पाएपछि अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।
यसअघि पटकपटक नेकपाले एनसेलले कर नतिरेको भन्दै टावरमा आक्रमण गरेका कारण यसपटक पनि नेकपाले गरेको हुन सक्ने स्थानीय र प्रहरीको आशंका छ |