२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा भाद्र ४ देखि गौरा महोत्सव सुरु हुने

१६ श्रावण २०७६, बिहीबार ०९:३९

भाष्कर के.सी. | साउन १६, कञ्चनपुर | महाकाली साहित्य सङ्गमले २०७६ भाद्र ४ गते (बरुड पञ्मी) का दिन देखि सुदुर पश्चिम प्रदेशको महान चाड गोःरा पर्वको उपलक्ष्यमा महोत्सव आयोजना  गर्ने भएकोछ । यहि सावन १५ गते बसेको महाकाली साहित्य सङ्गम केन्दी्रय समितिको बैठकले विगत २०५० साल देखि हरेक बर्ष आयोजना गर्दै आएको गौरा महोत्सव यस कर्ष पनि सार्वजनिक खूलामञ्चमा भाद्र ४ (बिरुडा पञ्चमी) का दिन साँझ ४ कजे उद्दघाट गर्ने कार्यक्रम तय गरेको छ । 

गौरा महोत्सवलाई भव्य तथा व्यवस्थित रुपमा आयोजना गर्न १५१ सदस्य मुल आयोजना समिति सङ्गमको केन्दीय अध्यक्ष हरीश प्रसाद जोशी को संयोजकतवमा गठन गरेको छ । उपाध्यक्ष चीना नेपालीको संयोजकत्वमा झाँकी्र, प्रदर्शनि, छलिया , हुडकेलि प्रदर्शनि गर्ने प्रदर्शनि उप–समिति सचिव कविराज भट्ठको संयोजकत्वमा प्रचाप्रसार उप–समिति केन्दी्र सदस्य हजारी सींह पूजाराको संयाजकत्वमा अनुगमन तथा मुल्याङ्कन उप–समिति तथा दउडा व्यवस्थापन उप –समितिमा मनोरमा भट्ठ, रमेश पन्त  र उत्तम बिष्ट रहनुभएको छ |  केन्द्रीय सदस्य गौरी प्रसाद जोसीको संयोजकत्वमा स्वयमसेवक परीचालन उप–समितिगठन गरेको छ |

विशिष्ट उपाध्याक्ष राजेन्द्र सिहं रावल महासचिव भवानि चन्द, उपाध्याक्ष मिना पन्त सल्लाहाकार  विरबहादुर चन्द पञ्चमराज भट्ट, चन्द्रकला पन्त, बाल कुमारी हमाल अर्जन सिंह नेगी जगदिश अ‍ोझा उत्तम बिष्ट रमेश पन्त र्दीघराज ओझा तलुसी पण्डित केशराज बोहरा, खगेन्द्र नाथ , रामचन्द्र नेपाल कृष्णदत्त चटौत उमा जोशि लगायतका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु आर्थिक सहयोग उप–समितिमा रहनुभएको छ ।

गौरा महोत्सव –२०७६ मा ठाडो खेल (ढोल्ङया खेल) औल्या खेल डेउडा(पुरुष महिला) हुडकेलि ,छलिया ,नूत्य गीत गायन (भगनेउला, रतेडा, चाचरी, बैरा )  सगुन मंगलाचरण लगायतका  सांकृतिक प्रस्तुति रहनेछन ।

पुरातत्व  प्रर्दशनि, लोकबाजा प्रर्दशनी भेष भुषा, विरुडा ताम्रपत्र सुदुपश्चिमका साहित्यकार लेखकका पुस्तक प्रर्दशनि ऐपण आदिको महोत्सवमा प्रर्दशनी रहने छ ।

सुदुरपश्चिम प्रदेशको मौलिक पर्वको उपलक्ष्यमा आयोजित गौरा महोत्सवलाई भव्य सभ्य र उपलव्धिमुलक बनाउन आमनागरिक विभिन्न संघ संस्था साहित्यकार पत्रकार संस्कृतिकर्मी विभिन्न तहका डेउडीमा, गिदारी , खेलकारा स्रोता  र दर्शकहरुमा सङ्गमले हार्दिक अपिल गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो