2026-09-13 02:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

लोपन्मूख अवस्थामा दहबगरको परम्परागत लुगा बुनाई

सुरेश कुँवर  | साउन १६,  बझाङ |  बझाङ जिल्लाको दुर्गम भेगमा  पर्ने बुङ्गल नगरपालिकाको वडा न १ र २ दहबगरमा भेडाका रौं र भाङोँका कापडाहरु लोप हुना थालेका छन । पुर्खेउलीहरुले आफै भेडाका रौंहरु संकलन गरेर , भाङोँ खेती लगाएर आफै आफ्नो र आफ्नो परीवारको लागि जुनसुकै साइजका कपडाहरु तयार गर्ने गर्दथे | 

भेडाका रौँ र भाङोँका लोताहरु लाई दुई वटा लाउरी (डण्डा) जस्ता निङालाको फिर्को बनाएर  त्यहि फिर्कोमा सानो  मसिनो लामो डोरी बनाएर एउटा लुवाको सुइले आफनै हातले विभिन्न लुगाकपडा बनाउने गरेको स्थानीय करशिह जाग्रीले बताउनु भएको छ ।

जाग्रीका अनुसार  भेडाका रौँबाट र भाङोँका लोता बाट टोपी , सुइटर ,गादो ,पाखो जस्ता विभिन्न बर्सौ वर्ष टिक्ने कपाडाहरु आज भोलि हराउन थालेको उनको भनाइ छ । आफू बाहिर जुनसुकै ठाउँ  जादाँ यो दहबगरको मान्छे भनी चिनेने भएकोले आफ्नो गाउँठाउँ पहिचान समेत हुने गरीएको अर्का स्थानिय अर्जुन धामीको भनाई छ | 

आज भोलि बिदेशी लुगाकपडा आफनै स्थानीय बजारमा आउदा  पनि हुन सक्छ , नया पिडीले पुर्खौली कपडा प्रती  त्यति ध्यान नदिएको पाइन्छ । अबका नया पुस्ताहरुले त पुराना भेडाका रौँका भाङोँका गादो , पाखो , टोपी  ल्गाउनुत परको कुरा देख्न समेत नपाउने अर्का स्थानीय दलबाहादुर धामी गुनासो छ |

यस्ता परम्परागत  पुर्खेउली सास्कृति र गुणस्तर बस्तुको  जगेर्ना गर्नु हामी सबै नयाँ  पिडी  लगाएत स्थानीय सरकार र सरोकारवाला सबैको उत्तिकै दायित्व रहेको छ |

तस्बिरमा : काधमा लुगा बुन्नको लागि स्थानीय स्तरमा उत्पादितबस्तु बाट लुगा बुन्ने तयारीमा  बझाङको बुङ्गल नगरपालिका  दहबगरका स्थानीय तमाखु खादै |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले