२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार पराजुलीले सूचना मागेपछि नेपाल र मलेसिया बिचको श्रम समझदारी पत्र सार्वजनिक

२०७६, १७ श्रावण शुक्रबार ११:२७

मनोज पराजुली, साउन १७, काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तत: नेपाल र मलेसिया बीच भएको श्रम समझदारीको पत्र सार्वजनिक गरेको छ। नेपाल र मलेसिया विच गत कार्तिक १२ गते श्रमिक आपूति सम्बन्धि श्रम समझदारी भएको थियो तर उक्त समझदारीका केहि बुँदा सार्वजनिक गरिएपनि समझदारीको पुरा विवरण सार्वजनिक गरिको थिएन। 


साझा सबाल मिडियाले पटक पटक उक्त पत्र सार्वजनिक गर्न मौखित आग्रह गरेको थियो । तर श्रम मन्त्रलयले उक्त पत्र सार्वजनिक रुपमा उपलब्ध नगराएपछि सूचनाको हक अन्तर्गत श्रम मन्त्रालयमा पत्रकार मनोज पराजुलीले निवेदन दर्ता गरेका थिए। निवेदन प्राप्त भएसंगै मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले यत्ति सूचनाको लागि १ पाना खर्च गरेर के निवेदन दर्ता गरेको भन्दै श्रम समझदारीको प्रतिलिपि लिन मन्त्रालयका बैदेशिक रोजगार शाखाका उप सचिप दिपक ढकालसंग सम्पर्क गर्न भनेका थिए। तर ढकालले दुई देश बिचको समझदारी कार्यान्वयन भई नसकेको भन्दै तत्काल उपलब्ध गराउन नसकिने जवाफ दिएका थिए।

उनले प्रतिलिपि पत्र नदिने जवाफ दिएसंगै सूचनाको हक अन्तर्गत पटक पटक लिखित जवाफ दिन सूचना अधिकारी केशवराज सुवेदीको ध्यानाकर्षण गरिएको थियो। लिखित पत्र प्राप्त नभएपछि विहिबार (हिजो) श्रम मन्त्रालयमा नै पुगेर सूचना माग गरिको निवेदनको लिखित जवाफ माग गरिएको थियो। उनले मन्त्रालयको विभिन्न शाखाले नै सूचना नदिएकोले आंफुले समयमा नै सूचना उपलब्ध गराउन नसकेको जवाफ दिएका थिए।  सो पश्च्यात सूचना उपलब्ध नभएको भन्दै सूचना आयोगमा उजुरी दिने तयारीमा रहँदै गर्दा श्रम मन्त्रालयले उक्त समझदारीको पत्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको हो। यधपी अझै पनि माग गरिएको अन्य ३ वटा सूचना निवेदन दर्ता गरेको २ महिना पुग्दा समेत श्रम मन्त्रालयले अझै उपलब्ध गराएको छैन।

नेपाल र मलेसिया विच भएको श्रम समझदारी पत्र

नेपाल सरकार र मौरिसस सरकार बीच भएको श्रम सम्झौता

नेपाल सरकार र युनाइटेड अरव इमिरेट्स सरकार बीच भएको श्रम सम्झौता

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु