२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारीमा पठाउन भन्दै अन्तर्वार्ता लिँदै गरेको म्यानपावरमा छापा (भिडियो हेर्नुहोस्)

१८ श्रावण २०७६, शनिबार ११:४६

मनोज पराजुली | साउन १८, काठमाडौं । बैदेशिक रोजगार विभागले मलेसियाको लागि भन्दै अबैध रुपमा कामदारको अन्तर्वार्ता लिने एक म्यानपावर कम्पनी संचालिकालाई २४ घन्टे पुर्जी काटेको छ। विभागले बत्तीसपुतलीस्थित क्लासिक ओभरसिज म्यानपावर (३५७/०५९/६०) की संचालिका शारदा न्यौपानेलाई आवश्यक कागजात सहित बयानका लागि विभाग उपस्थित हुन २४ घन्टे पुर्जी काटेको हो । 


म्यानपावर कम्पनीले अबैध रुपमा कामदारसंग अन्तर्वार्ता लिंदै छ, भन्ने जानकारी विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालसम्म पुगेको थियो । सो लगत्तै उनले आवश्यक कारवाहीका लागि तयार रहन मातहतका कर्मचारीलाई निर्देशन दिंदै शनिबार भएपनि स्थलगत अनुगमन गरि म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका थिए ।

बिभाग टोलि बिहान ९ बजे बत्तीसपुतली स्थित म्यानपावर कम्पनीमा पुग्दा मलेसियाको 'वावा सन प्याकिङ कम्पनी'को लागि १ सय भन्दा बढी कामदारसँग कार्यालयमै अन्तर्वार्ता लिइरहेको पाइएको थियो। म्यानपावर कम्पनीले हिजो शुक्रबार अन्तर्वार्ता लिने तयारी गरेको तर अनुगमन हुने डरले आज शनिबार बोलाइएको कामदारहरुले बताएका छन् । अनुगमनका क्रममा मलेसियाबाट नै कम्पनीका प्रतिनिधि टोलि आएर कामदारसँग अन्तर्वार्तामा लिइरहेको भेटिएको हो । विभागले म्यानपावरमा छापा हानेर कामदारसँग अन्तर्वार्ता लिंदै गर्दा अन्तर्वार्ता नै रोकेको हो । 


विभागले अन्तर्वार्ता रोकेपछि अन्तर्वार्तामा खटिएका मलेसियन टोलीलाई म्यानपावर कम्पनीले कार्यालयबाट बाहिर लगेको थियो ।  

बिभाग टोलीले अनुगममा आएको लिखित पत्र दिंदै आवश्यक कागजपत्र उपलब्ध गराउन म्यानपावर संचालक शारदा न्यौपानेसँग आग्रह गरेको थियो । तर उनले मलेसियाको लागि नभई साउदीको लागि कामदार छनौटको अन्तर्वार्ता लिंदै रहेको जवाफ दिएकी थिइन् । म्यानपावर संचालिकाले साउदीको लागि भन्दै गर्दा लाइनमा बसेका कामदारले आंफुले भरेका फारम देखाउंदै मलेसियाको लागि हो, भन्दै हल्ला गरेका थिए । 


मलेसियाको लागि नै अन्तर्वार्ता लिएको पुष्टि भएसंगै विभाग टोलीले डिमाण्डको पुर्व स्वीकृति पत्र लगायत आवश्यक कागजात खोजि गरेको थियो तर म्यानपावर संचालिकाले अन्तर्वार्ता लिंदै गरेको कम्पनीको श्रम कार्यालय ताहाचलबाट लिइएको डिमाण्डको पुर्व स्वीकृति फाइल नभएको बताइन् । सो पश्च्यात अनुगम टोलीले कामदारसँग लिइएको ६० भन्दा बढी पासपोर्ट फिर्ता गर्न लगाएको छ । 


अन्तर्वार्ता पुर्व नै जिएसजी र मेडिकल 

म्यानपावर कम्पनीले अन्तर्वार्ता पहिले नै नयाँ बानेश्वरमा रहेको सहारा हेल्थ सेन्टरबाट मेडिकल गर्न लगाएको उदयपुरका सोमबहादुर आलेमगरले साझा सवाललाई बताए । मलेसिया खुलेको छ, अन्तर्वार्तामा आउनुस भनेर म्यानपावरले बोलाएपछि काठमाडौं आएको हो, सिराहाका भिम बहादुर सार्कीले भने ‘जिएसजी र मेडिकल गर्न लगाइयो तर आज अन्तर्वार्ता रोकियो अब हामीलाई क्षतिपूर्ति कसले दिन्छ।’ अन्तर्वार्तामा मलेसियाबाट नै प्रतिनिधि आउने भनेपछि विश्वास लागेर अन्तर्वार्ता दिन गाउँबाट काठमाडौंसम्म आएको उनले बताए ।  

गत मंगलबार नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको रोजगारी खुलाउन भन्दै विभाग घेरेका थिए। सो बेला विभागका महानिर्देशक भुसालसंग मलेसियाको पुर्व स्वीकृति लिएका डिमाण्डमा अन्तर्वार्ता लिन पाउनुपर्ने माग गरेका थिए तर त्यसको ४ दिन नबित्दै डिमाण्ड बिना नै म्यानपावरले मलेसियाको लागि अन्तर्वार्ता लिन थालेपछि विभागले अनुगमनलाई तीव्रता दिएको हो। यसअघि कामदारले गुनासो गर्दा पनि शनिबार भन्दै अनुगमन गर्न जान नमान्ने विभाग टोलीले शनिबार पनि अनुगमन शुरु गरेपछि कामदारहरुले केहि आशा पलाएको बताएका छन् । 

भिडियो हेर्नुहोस्


भिडियो: अनिल अधिकारी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु