२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारीमा पठाउन भन्दै अन्तर्वार्ता लिँदै गरेको म्यानपावरमा छापा (भिडियो हेर्नुहोस्)

२०७६, १८ श्रावण शनिबार ११:४६

मनोज पराजुली | साउन १८, काठमाडौं । बैदेशिक रोजगार विभागले मलेसियाको लागि भन्दै अबैध रुपमा कामदारको अन्तर्वार्ता लिने एक म्यानपावर कम्पनी संचालिकालाई २४ घन्टे पुर्जी काटेको छ। विभागले बत्तीसपुतलीस्थित क्लासिक ओभरसिज म्यानपावर (३५७/०५९/६०) की संचालिका शारदा न्यौपानेलाई आवश्यक कागजात सहित बयानका लागि विभाग उपस्थित हुन २४ घन्टे पुर्जी काटेको हो । 


म्यानपावर कम्पनीले अबैध रुपमा कामदारसंग अन्तर्वार्ता लिंदै छ, भन्ने जानकारी विभागका महानिर्देशक डा. भिष्मकुमार भुसालसम्म पुगेको थियो । सो लगत्तै उनले आवश्यक कारवाहीका लागि तयार रहन मातहतका कर्मचारीलाई निर्देशन दिंदै शनिबार भएपनि स्थलगत अनुगमन गरि म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका थिए ।

बिभाग टोलि बिहान ९ बजे बत्तीसपुतली स्थित म्यानपावर कम्पनीमा पुग्दा मलेसियाको 'वावा सन प्याकिङ कम्पनी'को लागि १ सय भन्दा बढी कामदारसँग कार्यालयमै अन्तर्वार्ता लिइरहेको पाइएको थियो। म्यानपावर कम्पनीले हिजो शुक्रबार अन्तर्वार्ता लिने तयारी गरेको तर अनुगमन हुने डरले आज शनिबार बोलाइएको कामदारहरुले बताएका छन् । अनुगमनका क्रममा मलेसियाबाट नै कम्पनीका प्रतिनिधि टोलि आएर कामदारसँग अन्तर्वार्तामा लिइरहेको भेटिएको हो । विभागले म्यानपावरमा छापा हानेर कामदारसँग अन्तर्वार्ता लिंदै गर्दा अन्तर्वार्ता नै रोकेको हो । 


विभागले अन्तर्वार्ता रोकेपछि अन्तर्वार्तामा खटिएका मलेसियन टोलीलाई म्यानपावर कम्पनीले कार्यालयबाट बाहिर लगेको थियो ।  

बिभाग टोलीले अनुगममा आएको लिखित पत्र दिंदै आवश्यक कागजपत्र उपलब्ध गराउन म्यानपावर संचालक शारदा न्यौपानेसँग आग्रह गरेको थियो । तर उनले मलेसियाको लागि नभई साउदीको लागि कामदार छनौटको अन्तर्वार्ता लिंदै रहेको जवाफ दिएकी थिइन् । म्यानपावर संचालिकाले साउदीको लागि भन्दै गर्दा लाइनमा बसेका कामदारले आंफुले भरेका फारम देखाउंदै मलेसियाको लागि हो, भन्दै हल्ला गरेका थिए । 


मलेसियाको लागि नै अन्तर्वार्ता लिएको पुष्टि भएसंगै विभाग टोलीले डिमाण्डको पुर्व स्वीकृति पत्र लगायत आवश्यक कागजात खोजि गरेको थियो तर म्यानपावर संचालिकाले अन्तर्वार्ता लिंदै गरेको कम्पनीको श्रम कार्यालय ताहाचलबाट लिइएको डिमाण्डको पुर्व स्वीकृति फाइल नभएको बताइन् । सो पश्च्यात अनुगम टोलीले कामदारसँग लिइएको ६० भन्दा बढी पासपोर्ट फिर्ता गर्न लगाएको छ । 


अन्तर्वार्ता पुर्व नै जिएसजी र मेडिकल 

म्यानपावर कम्पनीले अन्तर्वार्ता पहिले नै नयाँ बानेश्वरमा रहेको सहारा हेल्थ सेन्टरबाट मेडिकल गर्न लगाएको उदयपुरका सोमबहादुर आलेमगरले साझा सवाललाई बताए । मलेसिया खुलेको छ, अन्तर्वार्तामा आउनुस भनेर म्यानपावरले बोलाएपछि काठमाडौं आएको हो, सिराहाका भिम बहादुर सार्कीले भने ‘जिएसजी र मेडिकल गर्न लगाइयो तर आज अन्तर्वार्ता रोकियो अब हामीलाई क्षतिपूर्ति कसले दिन्छ।’ अन्तर्वार्तामा मलेसियाबाट नै प्रतिनिधि आउने भनेपछि विश्वास लागेर अन्तर्वार्ता दिन गाउँबाट काठमाडौंसम्म आएको उनले बताए ।  

गत मंगलबार नेपाल बैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको रोजगारी खुलाउन भन्दै विभाग घेरेका थिए। सो बेला विभागका महानिर्देशक भुसालसंग मलेसियाको पुर्व स्वीकृति लिएका डिमाण्डमा अन्तर्वार्ता लिन पाउनुपर्ने माग गरेका थिए तर त्यसको ४ दिन नबित्दै डिमाण्ड बिना नै म्यानपावरले मलेसियाको लागि अन्तर्वार्ता लिन थालेपछि विभागले अनुगमनलाई तीव्रता दिएको हो। यसअघि कामदारले गुनासो गर्दा पनि शनिबार भन्दै अनुगमन गर्न जान नमान्ने विभाग टोलीले शनिबार पनि अनुगमन शुरु गरेपछि कामदारहरुले केहि आशा पलाएको बताएका छन् । 

भिडियो हेर्नुहोस्


भिडियो: अनिल अधिकारी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु