२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

२० श्रावण २०७६, सोमबार ०३:१९

तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । 

पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली  र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिनुभयो ।

पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ । डेढ सय मिटर माथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको जनाइएको छ । पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाउने तयारी भइरहेको छ । थप विवरण आउन बाँकी छ । 

बागलुङलाई ‘सडक मानवरहित’ बनाइने

बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा हातेमालो गरेका छन् ।

जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने मानवसेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले बताउनुभयो । “आउँदो वर्षभित्र बागलुङलाई सडक मानवरहित बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “बेसहारा बनी सडकमा पुगेका व्यक्तिको उद्धार र पुनःस्थापनामा केन्द्रित छौँ ।”  अभियानअन्तर्गत शुक्रबार बागलुङ कालिका भगवती मन्दिर परिसरको सडक किनारमा मागेर जीवन गुजारीरहेका तीन जनालाई उद्धार गरिएको थियो । जसमध्ये एक जना मनोरोगी भएको जनाइएको छ । आश्रमले मनोरोग, अपाङ्गता, गरीबीजस्ता कारणले सहाराविहीन बनेकालाई संरक्षण दिँदै आएको छ ।

विद्यालय उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिक गरी २६ जना यसअघिदेखि नै आश्रममा छन् । 

उद्धारका लागि आश्रमले प्रहरी प्रशासनको सहयोग लिने गरेको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम खोलिएको अभियन्ता मनिष रायमाझीले बताउनुभयो । बागलुङलाई सडक मानवरहित बनाउन सबै क्षेत्रको सहयोग चाहिने उहाँको भनाइ छ ।

रायमाझीसहितका अभियन्ताको पहलमा तीन वर्षअघि चार जना सडक बालबालिकालाई उद्धार गरी पोखरास्थित बालगृहमा पठाइएको थियो । अहिले पनि मागेर खाने, सडक पेटीमै सुत्ने बालबालिका देखिएकाले उनीहरुको उद्धार प्रयास भइरहेको आश्रमले जनाएको छ ।

अनियन्त्रित रुपमा मदिरा सेवन गरी सडकमै रात बिताउने मजदूरलाई समेत केही समयअघि आश्रमले उद्धार गरेको थियो । उपचार र मनोसामाजिक परामर्शपछि उनीहरुले आश्रम छोडेका थिए । मनोरोगीलाई आश्रममै उपचारको समेत व्यवस्था छ ।

अशक्त र बेसहारालाई संरक्षण दिन मानवसेवा आश्रम तयार भएपछि मन्दिरबाट सहयोगापेक्षीको उद्धार गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । “अब कसैलाई पनि मन्दिरमा बसेर माग्न दिन्नौँ”, उहाँले भन्नुभयो, ‘साँच्चिकै दुःख पाएको, बेसहारा नै भए आश्रमले संरक्षण दिन्छ ।” 

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बागलुङलाई सडक मानवरहित बनाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

आश्रममा आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि उपलब्ध गराइएको छ । आश्रम सञ्चालनको लागि देश विदेशमा रहेका नेपालीले स्वतःस्फूर्त रुपमा आर्थिक सहायता प्रदान गरेका छन् । यस्तै सरकारी, गैरसरकारी सङ्घसंस्था, निकायले पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । बागलुङ नगरपालिकाले गत आवमा पूर्वाधार निर्माणका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो