2026-09-14 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता

तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ । 

पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली  र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिनुभयो ।

पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ । डेढ सय मिटर माथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पु¥याएको जनाइएको छ । पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाउने तयारी भइरहेको छ । थप विवरण आउन बाँकी छ । 

बागलुङलाई ‘सडक मानवरहित’ बनाइने

बागलुङलाई सहयोगापेक्षी सडक मानवरहित बनाउन अभियान शुरु भएको छ । मानवसेवा आश्रमसहित स्थानीय तह, प्रशासन, सामाजिक सङ्घसंस्थालगायतले अभियानमा हातेमालो गरेका छन् ।

जीवन निर्वाहका लागि सडकमा आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गरिने मानवसेवा आश्रम बागलुङका संयोजक सुमिरा लामाले बताउनुभयो । “आउँदो वर्षभित्र बागलुङलाई सडक मानवरहित बनाउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “बेसहारा बनी सडकमा पुगेका व्यक्तिको उद्धार र पुनःस्थापनामा केन्द्रित छौँ ।”  अभियानअन्तर्गत शुक्रबार बागलुङ कालिका भगवती मन्दिर परिसरको सडक किनारमा मागेर जीवन गुजारीरहेका तीन जनालाई उद्धार गरिएको थियो । जसमध्ये एक जना मनोरोगी भएको जनाइएको छ । आश्रमले मनोरोग, अपाङ्गता, गरीबीजस्ता कारणले सहाराविहीन बनेकालाई संरक्षण दिँदै आएको छ ।

विद्यालय उमेरका बालबालिकादेखि ज्येष्ठ नागरिक गरी २६ जना यसअघिदेखि नै आश्रममा छन् । 

उद्धारका लागि आश्रमले प्रहरी प्रशासनको सहयोग लिने गरेको छ । परिवार र समाजबाट अपहेलित भएर सडकमा पुगेका नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम खोलिएको अभियन्ता मनिष रायमाझीले बताउनुभयो । बागलुङलाई सडक मानवरहित बनाउन सबै क्षेत्रको सहयोग चाहिने उहाँको भनाइ छ ।

रायमाझीसहितका अभियन्ताको पहलमा तीन वर्षअघि चार जना सडक बालबालिकालाई उद्धार गरी पोखरास्थित बालगृहमा पठाइएको थियो । अहिले पनि मागेर खाने, सडक पेटीमै सुत्ने बालबालिका देखिएकाले उनीहरुको उद्धार प्रयास भइरहेको आश्रमले जनाएको छ ।

अनियन्त्रित रुपमा मदिरा सेवन गरी सडकमै रात बिताउने मजदूरलाई समेत केही समयअघि आश्रमले उद्धार गरेको थियो । उपचार र मनोसामाजिक परामर्शपछि उनीहरुले आश्रम छोडेका थिए । मनोरोगीलाई आश्रममै उपचारको समेत व्यवस्था छ ।

अशक्त र बेसहारालाई संरक्षण दिन मानवसेवा आश्रम तयार भएपछि मन्दिरबाट सहयोगापेक्षीको उद्धार गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । “अब कसैलाई पनि मन्दिरमा बसेर माग्न दिन्नौँ”, उहाँले भन्नुभयो, ‘साँच्चिकै दुःख पाएको, बेसहारा नै भए आश्रमले संरक्षण दिन्छ ।” 

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बागलुङलाई सडक मानवरहित बनाउन सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

आश्रममा आवाससँगै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि उपलब्ध गराइएको छ । आश्रम सञ्चालनको लागि देश विदेशमा रहेका नेपालीले स्वतःस्फूर्त रुपमा आर्थिक सहायता प्रदान गरेका छन् । यस्तै सरकारी, गैरसरकारी सङ्घसंस्था, निकायले पनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । बागलुङ नगरपालिकाले गत आवमा पूर्वाधार निर्माणका लागि रु पाँच लाख बजेट उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले