2026-09-04 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरमा छापा: यसरी १० हजारमै युएई उडे युवाहरु (भिडियो हेर्नुहोस्)

साउन १९, काठमाडौं । बैदेशिक रोजगार विभागले एक म्यानपावर कम्पनीमा छापा हानेपछि कामदारहरु सरकारले तोकेको १० हजार मात्र सेवा शुल्क तिरेर दुबई उडेका छन्  । प्याराडाइज इन्टरनेशनल मार्फत कुमार गुरुङ्ग, सुमन सार्की र गङ्गा परियार युएईको फर्नेक सर्भिस कम्पनीमा क्लिनर कामको लागि १० हजार सेवा शुल्कमा आइतबार राति युएई उडेका हुन् ।

विभागले आइतबार दिउसो ललिपुरस्थित प्याराडाइज इन्टरनेशनल प्रालिमा आकस्मिक अनुगमन गरी युएई जान लागेका कामदारबाट अबैध रकम लिंदालिंदै फेला पारेको थियो । विभागका शाखा अधिकृत कुशल बरालको नेतृत्वमा कपिल पौडेल र सुवर्ण शाक्य सहितको टोलीले कामदारबाट १ लाख ५ हजार देखि १ लाख ३० हजारसम्म सेवा शुल्क लिइरहेको अवस्थामा रङ्गेहात फेला पारेको हो ।  

युवाहरुले आइतबार बुझाएको रकम विभागको अनुगमन टोलीले जफत गरेको छ । कुमार गुरुङले बुझाएको १ लाख १५ हजार र देवेन्द्र गुरुङले बुझाउँदै गरेको १ लाख १० हजार रकम जफत गरिएको हो । देवेद्र गुरुङलाई पनि सोही कम्पनीमा जानका लागि १ लाख १५ हजार लाग्ने बताइएको थियो । आइतबार देवेन्द्र गुरुङले १ लाख ५ हजार म्यानपावरलाई बुझाउँदा म्यानपावर कम्पनीले सो रकम लिन नमानेपछि उनले १ लाख १० हजार रकम बुझाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो । देवेन्द्र गुरुङ्गलाई पनि म्यानपावरले आइतवारको टिकट उपलब्ध गराएको छ । 

गङ्गा परियारले रकम बुझाउन आइएमइबाट मगाएको पैसा बुझाउन बाँकी रहेको र सुमन सार्कीले यूएइमा क्लिनर पदका लागि जान पोखरामै सविना गुरुङ्गलाई १ लाख ३० हजार रकम बुझाएको खुल्न आएको छ । उनीहरुले बुझाएको १० हजार भन्दा बढी रकम विभागले उनीहरु विदेश गएपनि उनीहरुले मन्जुरीनामा दिएको व्यातिलाई आवश्यक अनुसन्धान पछि फिर्ता गरिने अनुगमन टोलीले जानकारी दिएको छ ।  सञ्चालकलाई कागज गराई कामदारहरुलाई आइतवारनै वैदेशिक रोजगारीमा उडान हुने गरी पठाउन र गन्तव्यमा पुगेपछि पनि सम्झौतामा उल्लिखित सबै शर्त बमोजिम कामको सुनिश्चितता गराउने शर्तनामा गराएको थियो, भने विभागमा वयानका लागि समेत पत्र काटेको थियो ।

भिडियो हेर्नुहोस् 

पोखरामा पनि अनुगमन 

विभागले प्याराडाइज प्रालिले पोखराको ग्रान्ड शिवालय होटलमा अवैध तरिकाले अन्तर्वार्ताको गर्दै गरेको भन्ने उजुरीका आधारमा आकस्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको थियो । तर टोली त्यहाँ पुग्नु अगावै शाखा कार्यालयका कर्मचारीहरु शाखा बन्द गरेर बाहिर निस्किसकेका अनुगमन टोलीले जनाएको छ ।

त्यसै गरी पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमा समेत टोलीले आकस्मिक अनुगमन गरेको थियो। बोर्ड हटाई अन्तर्वार्ता लिने गरेको उक्त स्थानमा बाहिर च्यानल गेट लगाई एक एक व्यक्तिलाई भित्र बोलाई अन्तर्वार्ता लिंदै गरेको पाइएको थियो। टोलीले उक्त स्थानबाट केही कागजात र कम्प्यूटर हार्डडिस्क बरामद गरी बयानका लागि पत्र काटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो