२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरमा छापा: यसरी १० हजारमै युएई उडे युवाहरु (भिडियो हेर्नुहोस्)

२० श्रावण २०७६, सोमबार ०९:५६

साउन १९, काठमाडौं । बैदेशिक रोजगार विभागले एक म्यानपावर कम्पनीमा छापा हानेपछि कामदारहरु सरकारले तोकेको १० हजार मात्र सेवा शुल्क तिरेर दुबई उडेका छन्  । प्याराडाइज इन्टरनेशनल मार्फत कुमार गुरुङ्ग, सुमन सार्की र गङ्गा परियार युएईको फर्नेक सर्भिस कम्पनीमा क्लिनर कामको लागि १० हजार सेवा शुल्कमा आइतबार राति युएई उडेका हुन् ।


विभागले आइतबार दिउसो ललिपुरस्थित प्याराडाइज इन्टरनेशनल प्रालिमा आकस्मिक अनुगमन गरी युएई जान लागेका कामदारबाट अबैध रकम लिंदालिंदै फेला पारेको थियो । विभागका शाखा अधिकृत कुशल बरालको नेतृत्वमा कपिल पौडेल र सुवर्ण शाक्य सहितको टोलीले कामदारबाट १ लाख ५ हजार देखि १ लाख ३० हजारसम्म सेवा शुल्क लिइरहेको अवस्थामा रङ्गेहात फेला पारेको हो ।  


युवाहरुले आइतबार बुझाएको रकम विभागको अनुगमन टोलीले जफत गरेको छ । कुमार गुरुङले बुझाएको १ लाख १५ हजार र देवेन्द्र गुरुङले बुझाउँदै गरेको १ लाख १० हजार रकम जफत गरिएको हो । देवेद्र गुरुङलाई पनि सोही कम्पनीमा जानका लागि १ लाख १५ हजार लाग्ने बताइएको थियो । आइतबार देवेन्द्र गुरुङले १ लाख ५ हजार म्यानपावरलाई बुझाउँदा म्यानपावर कम्पनीले सो रकम लिन नमानेपछि उनले १ लाख १० हजार रकम बुझाउन लागेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो । देवेन्द्र गुरुङ्गलाई पनि म्यानपावरले आइतवारको टिकट उपलब्ध गराएको छ । 


गङ्गा परियारले रकम बुझाउन आइएमइबाट मगाएको पैसा बुझाउन बाँकी रहेको र सुमन सार्कीले यूएइमा क्लिनर पदका लागि जान पोखरामै सविना गुरुङ्गलाई १ लाख ३० हजार रकम बुझाएको खुल्न आएको छ । उनीहरुले बुझाएको १० हजार भन्दा बढी रकम विभागले उनीहरु विदेश गएपनि उनीहरुले मन्जुरीनामा दिएको व्यातिलाई आवश्यक अनुसन्धान पछि फिर्ता गरिने अनुगमन टोलीले जानकारी दिएको छ ।  सञ्चालकलाई कागज गराई कामदारहरुलाई आइतवारनै वैदेशिक रोजगारीमा उडान हुने गरी पठाउन र गन्तव्यमा पुगेपछि पनि सम्झौतामा उल्लिखित सबै शर्त बमोजिम कामको सुनिश्चितता गराउने शर्तनामा गराएको थियो, भने विभागमा वयानका लागि समेत पत्र काटेको थियो ।


भिडियो हेर्नुहोस् 


पोखरामा पनि अनुगमन 

विभागले प्याराडाइज प्रालिले पोखराको ग्रान्ड शिवालय होटलमा अवैध तरिकाले अन्तर्वार्ताको गर्दै गरेको भन्ने उजुरीका आधारमा आकस्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको थियो । तर टोली त्यहाँ पुग्नु अगावै शाखा कार्यालयका कर्मचारीहरु शाखा बन्द गरेर बाहिर निस्किसकेका अनुगमन टोलीले जनाएको छ ।

त्यसै गरी पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमा समेत टोलीले आकस्मिक अनुगमन गरेको थियो। बोर्ड हटाई अन्तर्वार्ता लिने गरेको उक्त स्थानमा बाहिर च्यानल गेट लगाई एक एक व्यक्तिलाई भित्र बोलाई अन्तर्वार्ता लिंदै गरेको पाइएको थियो। टोलीले उक्त स्थानबाट केही कागजात र कम्प्यूटर हार्डडिस्क बरामद गरी बयानका लागि पत्र काटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य