2026-09-13 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

सुदूरपश्चिम प्रादेशिक महोत्सवको आय–व्यय सार्वजनिक, १७ लाख ६० हजार १ सय ९७ रुपैया घाटा

प्रकाश बम | साउन २०, डोटी | डोटी चेम्वर अफ कमर्श डोटीले दिपायलमा आयोजना गरेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ २०७५को आयव्यय सार्वजनिक गरेको छ । डोटी चेम्वर अफ कमर्श डोटीले सोमवार 

दिपायलमा आय व्यय प्रतिवेदन सार्वजनिक तथा सम्मान कार्यक्रममा गर्दै महोत्सवमा १७ लाख ६० हजार १ सय ९७ रुपैया घाटा भएको डोटी चेम्वर अफ कमर्श डोटीका कोषाध्यक्ष पुर्ण वहादुर शाहुले वताए ।

महोत्सवमा ४४ लाख ८ हजार ३ सय सत्तरी रुपैया आम्दानि भएको र ६२ लाख ४ हजार ५ सय सतसठ्ठि रुपैया खर्च भएको डोटी चेम्वर अफ कमर्श डोटीले जनाएको छ । 

जसमा आय तर्फ टिकट, सिजनल पास बिक्रीबाट १६ लाख १ हजार ६ सय सत्तरी रुपैया, स्टल भाडा ३ लाख १७ हजार , हेकि केप्टर १० लाख, रमाईलो मेला वाट १ लाख २५ हजार , खेलवाट ३५ हजार, नेपाल चेम्वर अफ कमर्शवाट ५० हजार सहयोग , विभिन्न स्थानिय तहवाट १३ लाख ६२ हजार २ सय, सामाजिक विकास मन्त्रालयवाट सुदुर पश्चिम प्रदेशवाट ३ लाख , पर्यटन मन्त्रालय सुदुर पश्चिम प्रदेशवाट २ लाख ९५ हजार ५ सय,शिविर नाम दर्ता ३७ हजार १ सय र हेलिकोप्टर इन्धन १ लाख २० हजारको वाँकि रहेको सो संस्थाले जनाएको छ । 

यस्तै, व्ययतर्फ जम्मा ४० लाख ७२ हजार ७ सय अठतिस रुपैया खर्च भएको जनाएको छ । 

जसमा रयाफ्टिङ खर्च १ लाख २५ हजार, कलाकार पारीश्रमिक खर्च १९ लाख २७ हजार २ सय, अतिथि सत्कार मायाको चिनो  ५५ हजार ७० रुपैया,  सुरक्षा(प्रहरी, जिफोस) १लाख ७५ हजार ,  इन्धन खर्च १ लाख ३६ ह्जार २ सय ३२ सयरुपैया खर्च भएको प्रस्तुत विवरणमा जानकारी दिएको छ ।

यस्तै, कार्यक्रम उद्योषण तथा वाध्यवादककमा  ३ लाख १३ हजार३ सय ८० रुपैया , कलाकार स्वयम सेवक आयोजक तथा अथिति खाना वास खर्च ५ लाख ४९ हजार  ३५ रुपैया खर्च भएको आयोजकले जनाएको छ ।

त्यसैगरी डिजाईनर तथा विभिध छपाई खर्च ३ लाख २८  हजार, मिडियामा बिज्ञापनमा ५ हजार, जग्गा भाडा १ लाख ३५ हजार, डेउडा प्रतियोगिता १ लाख २५ हजार,निशुल्क आखाँ तथा स्वास्थ शिविर संचालन खर्च २ लाख ५ हजार, कार्यक्रम स्थल व्यवस्थापन ८ लाख ३९ हजार हेलिकोप्टर खर्च १० लाख ३८ हजार ६ सय ५० रुपैया , महोत्सव पुर्व तयारी खर्च ३२ हजार, जिंगल निर्माण तथा भिडियो खर्च ७१ हजार खर्च र  विविध खर्चमा ५६ हजार खर्च भएको डोटी चेम्वर अफ कमर्शका कोषाध्यक्ष साउदले बताउनु भयो ।

डोटी चेम्वर अफ कमर्श डोटीले दिपायलमा आयोजना गरेको आय व्यय प्रतिवेदन सार्वजनिक तथा सम्मान कार्यक्रममा वोल्दै दिपालय सिलगढी नगर पालिका नगर प्रमुख मन्जु मलासिले जिल्लामा रहेका दुवै संस्थाले व्यापारिका हक हितमा काम गर्नु पर्ने वताए ।

घाटा लगाएर महोत्सव लगानु त्यति राम्रो नभएको  मलासिले समेत वताए । चुनावि एजेण्डा भन्दा व्यापारीहरुको हक हितमा काम गर्न समेत प्रमुखले सुझाव दिईन् ।

त्यस्तै सोहि कार्यक्रममा वोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल दुवै संस्था मिलेर काम गर्न जरुरी रहेको वताए । दुवै संस्थाको एउटै उदेश्य भएकाले  सहकार्य सम्वनय गरेर समिक्षा गर्न आवश्य रहेको समेत उनले वताए ।

महोत्सवलाई सफल पार्न सहयोग गर्ने सम्पुर्णलाइ डोटी चेम्वर अफ कमर्श डोटीका अध्यक्ष खगेन्द्र साउदले धन्यवाद दिए । 

संस्थाले महोत्सव २०७५ फागुन १७ गते २७ गते सम्म संचालन गरेको महोत्वसव कार्यक्रममा सहयोग गर्ने विभिन्न व्यत्ति तथा संस्थालाई सम्मान गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले