2026-07-24 10:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको थलारा गाउँपालिकामा घाँटि रेटेर महिलाको गहना लुटियो

सम्राट सिंह | साउन २१, बझाङ | जिल्लाको थलारा गाउँपालिकामा एक महिलाको घाँटि रेटेर गहना लुटपाट गरेको छ । थलारा गाउँपालिका वडा नम्बर ५ घर भएकी विमला खाती वलीको हिजो साँझ ६ बजे घाँटि रेटेर गहना लुटपाट गरेको हो ।

केदार स्युँ गाउँपालिका ९ माइती घर भएकी वली सोमबार माइती घरबाट पोइलीघर जाने क्रममा थलारा गाउँपालिका ३ को शिलाकोट भन्ने ठाउँमा लुटपाट भएको थियो ।

वलीका घाँटी, कान र नाकमा लगाएको सम्पुर्ण गहनाहरु लुटपाट गरेको जनाएको छ । गहना लुटपाट सँगै वलीको घाँटी,नाक र कानमा गहिरो चोट छ । उनको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगंज रिफर गरेको छ ।  

लुटपाट गर्नेको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालयका डियसपी सुर्य बहादुर केसीले जानकारी दिए । अनुसन्धान अपराधिक समुहको नजिक पुगिसकेको छ केहि दिनमै लुटपाटमा संलग्न सबै पक्राउ पर्ने उनको भनाई छ ।

माथिको तश्वीरमा: घाँटी रेटेर लुटपाट गरिएकी वलीको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा | तस्बीर: सम्राट सिंह/बझाङ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक