२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जम्मु कश्मिरको बारेमा राजनीतिज्ञहरुको टिप्पणी

२०७६, २१ श्रावण मंगलवार ०६:४९

साउन २१, काठमाडौं । जम्मु कश्मिरसम्बन्धी भारत सरकारको निर्णयबारे सर्वत्र चासो व्यक्त भइरहेको छ । माथिल्लो सदन राज्यसभाबाट पारित जम्मु कश्मिर पुनर्गठन बिल २०१९ मा जम्मु कश्मिरबाट लद्दाखलाई अलग गर्ने, जम्मु कश्मिरलाई दिँदै आएको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने व्यवस्था गरिएको छ ।

कश्मिरसँग जोडिएको पाकिस्तानका प्रधानमन्त्री इमरानले टिप्पणी गरिसकेका छन् । जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिने संविधानको अनुच्छेद ३७० खारेज गर्ने निर्णयसँगै नेपालमा पनि विभिन्न धारणा सार्वजनिक भइरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) का नेता भीम रावलले जम्मु कश्मिर शब्द उल्लेख नगरी टिप्पणी गरेका छन् ।

उनले ट्विटमा भनेका छन्, ‘अन्तर्राष्ट्रिय जगतमा, विशेषतः छिमेकी देशहरूले आफ्नो अखण्डता र स्वाधीनतालाई बलियो बनाउन लिइरहेका नीति र चालिरहेका पाइलाबाट नेपालले अखण्डता, स्वाधीनता र स्वाभिमानका लागि बलियो गरी उभिनुपर्छ भन्ने मेरो धारणाको औचित्य बलियो गरी स्थापित भइरहेको छ । परामुखापेक्षीहरू छट्पटाउने हुन कि ?’

संविधानविद् डा. विपिन अधिकारीले कश्मिर संकटले हिमाली क्षेत्र निकै अशान्त भएको र हाम्रो असुरक्षा बढेको उल्लेख गरेका छन् । समाजिक सञ्जाल ट्विटमा उनले लेखेका छन्, ‘कश्मिर सुरुवात हो कि अन्त ? यसको योजनाकारलाई थाहा होला । तर हिमाली क्षेत्र निकै अशान्त भएको छ । हाम्रो असुरक्षा बढेको छ । सरकारले बेलैमा संवेदनशील हुनुपर्दछ, हिमालमा सधै नै लहरो तान्दा पहरो गर्जेको छ ।’

डा. अधिकारीले हिमाली क्षेत्र जहिले पनि संवेदनशील क्षेत्रको रुपमा रहेको बताएका छन्  ।

अर्का संविधानविद् डा. भीमार्जुन आचार्यले ट्विटमा भनेका छन्, ‘उतैबाट प्रभावित नेपालका भुरे टाकुरे राज्यका परिकल्पनाकारहरूले एक भारत र अखण्ड भारतसम्बन्धी भारतीय सरकारको लाइनबाट केही सिक्ने कि ? उताकाले त्यस्तै सोच यतातर्फ पनि राखे कि ?

लेखक खगेन्द्र संग्रौलाले मोदी सरकारले मुस्लिम समुदायको स्वायत्ततामा धावा बोलेको निष्कर्ष निकालेका छन् । उनले लेखका छन्, ‘मोदीतन्त्रको उन्मादी हिन्दुत्वको काश्मिरी मुस्लिम समुदायको स्वायत्ततामा धावा बोल्यो । चिया पसलमा एक ज्ञानीले भन्यो–यो सिक्किम निलेजस्तै घट्ना हो । निल्ने मिचाहाले नेपाल पनि निल्न सक्छ । कश्मिर निल्दा नेपालले बोल्नु पर्दैन ? सत्ताधारी ज्ञानी कन्दै बोले–यो आन्तरिक माम्ला हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने