२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिकित्सकको लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै ग्राण्डी अस्पतालमा प्रदर्शन

२०७६, २१ श्रावण मंगलवार ०९:३८

साउन २१, काठमाडौँ  | ग्राण्डी अस्पतालमा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले प्रदर्शन गरेका छन् । गत असार २० गते जुडुवा बच्चा जन्माएकी गोल्फुटारकी निशा तामाङको जुडुवा मध्ये एक बच्चाको मृत्यु भएपछि उनीहरुले आन्दोलन गरेका हुन् ।

निशाका श्रीमान दोर्जेका अनुसार असार ६ गते उनको एउटा बच्चाको मृत्यु भएको थियो । त्यही दिन उनीहरुले अर्को बच्चालाई ग्राण्डीबाट निकालेर इशान बाल अस्पताल पुर्‍याएका थिए । अस्पतालले इन्फेक्शनको कारणले बच्चाको मृत्यु भएको जनाएपनि यसलाई पत्याउन तयार छैनन् दोर्जे । 

उनले सामान्य अवस्थामा रहेको बच्चाहलाई अस्पतालले पैसाको लागि एनआइसियूमा राखेको आरोप लगाएका छन्  | उनि भन छन्,  ‘डाक्टर र नर्सको लापरवाहीको कारण अपरेशन नगरेकै अवस्थामा मर्यो अपरेशन या अरु केही गरेको बेलामा भएको भए अर्कै कुरा हुन्थ्यो।’

जन्मिएको १८ दिनपछि बच्चाको मृत्युभएपछि उनीहरुले अस्पताललाई पटक पटक सत्य तथ्य छानबिन गर्न आग्रह गरे । तर, अस्पतालले वास्ता गरेन् । सोही कारण आन्दोलन गर्न बाध्य भएको  उनको भनाइ छ |  आज आन्दोलनपछि भने उनीहरुको अस्पतालसँग छलफल  भएको छ |

दोर्जेका अनुसार अस्पतालले गल्ती भएको स्विकार गर्दै चिकित्सकलाई कारवाही गर्ने बताएको छ । भोलि फेरि छलफल भएपछि के गर्ने हो टुंगो लाग्ने उनले बताएका छन् | महगों अस्पताल भन्दैमा उपचार राम्रो हुन्न् भन्ने सबैलाई जानकारी दिन आन्दोलन गरेको उनी बताउछन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने