२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणहिटी दरबारको महत्वपूर्ण दस्तावेज खोजी गरिदै

२०७६, २१ श्रावण मंगलवार १२:०१

साउन २१, काठमाडौं । संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ । राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो । 

यसै अभियान अन्तरगत समितिले सरकारलाई सो दस्तावेज कहाँ छ ? त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन । मंगलबार समितिको बैठकमा उपस्थिति हुनु भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए- नआएको एकीन नभएको जवाफ दिए । 

उनले सो दस्तावेज पूर्व राजा ज्ञानेन्द्र शाहसँगै गयो की भनि आशंका पनि गरे । ‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रित थिए,’ मन्त्री ज्ञवालीको भनाई थियो, ‘ती सबै यता आएकी आएनन् एकीनका साथ भन्न सकिने अवस्था छैन, जे–जे दस्तावेज थिए भन्ने हामीलाई सूचना छ । तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ । सबै हस्तान्तरण नभएको बुझेका छौ, पूर्वराजा ज्ञानेन्द्र शाहसँगै गयो कि ?’ 

मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गरे, ‘ नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकि छ वा कुनै ढंगले नष्ट भयो ? त्यसको बारेमा एकीन ढंगले भन्न सकिने अवस्था छैन ।’

बैठकमा समितिका  सभापति रामनारायण बिडारीले सुगौली सन्धियताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तराष्ट्रिय सन्धिसम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिएपनि जवाफ नआएको बताएका थिए । 

समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन भनि मन्त्री ज्ञवालीलाई प्रश्न गरेका थिए । मन्त्री ज्ञवालीले तत्कालीन नारायणहिटी दरबारको कतिपय दस्तावेज भने राष्ट्रिय अभिलेखालयमा आएको र त्यसलाई व्यवस्थित बनाएपछि समितिले पेश गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने