2026-07-07 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री बास्कोटा भन्छन्, ‘बालाजुको जग्गा खोई ? अब पानीमुनि गए पनि छोडिन्न

2019-08-08

साउन २३, काठमाडौं । चलचित्र विकास बोर्डको १९ औं वार्षिक उत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटा भन्छन्, ‘ बालाजुको जग्गा खोई ? नेपाली चलचित्रको विकासका लागि दिएको जग्गा व्यक्तिले ‘क्याप्चर’ गरेर मोजमस्ती गर्न मिल्छ ? अब पानीमुनि गए पनि छोडिन्न ।’

काठमाडौंको बालाजुमा रहेको  आफ्नो २० रोपनीभन्दा बढी जग्गा कसले बेचेर खायो भन्ने बारेमा सम्वद्ध पक्ष नै अहिलेसम्म बेखबर छ |  मन्त्री बास्कोटाले कडा चेतावनी  दिएपछि बोर्डले चलचित्र विकास कम्पनीको जग्गा कहाँ, कति रहेछ भनेर सोधखोज गर्न थाल्यो |  तर, सरोकारावाला निकाय कसैले पनि छानबिनमा सहयोग नगरेको बोर्डका पदाधिकारीको गुनासो छ | चलचित्र विकास कम्पनीको कुल जग्गा २७ रोपनी जग्गाको जम्मा ६.७५ रोपनी जग्गा रहेको तथ्य फेला पारेको बोर्डका अध्यक्ष केशव भट्टराई बताउछन  |

चलचित्र विकास बोर्डले आफ्नो जग्गाको अवस्था पत्ता लगाउन कम्पनी रजिष्ट्रारको कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शेयर कारोबार गर्ने संस्थालगायतलाई पत्राचार गरेपनि कसैले जग्गाबारे विस्तृत जानकारी दिन नचाहेको देखिन्छ |

सूचना तथा सञ्चार प्रविधि मन्त्री बास्कोटाले चलचित्र विकास बोर्डलाई बालाजुको जग्गा खोजविन गर्न दिएको निर्देशन फेरि मन्त्रालयमै फर्किएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले बोर्डसम्बन्धी फाइल नै नभएको गैरजिम्मेवार जवाफ पठाएको छ ।

 भूमाफियासँगको मिलेमतोमा फाइल गायब पारेको बोर्डका पदाधिकारीहरू आशंका व्यक्त गर्छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र शेयर कारोबार गर्ने संस्थाले पनि चित्तबुझ्दो जवाफ नदिएको बोर्डका ती पदाधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने