२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मासुमा शङ्का लागे डिएनए परीक्षण

२०७६, २४ श्रावण शुक्रबार १०:३०

सञ्चिता घिमिरे,  साउन २४, काठमाडौँ (रासस)  । तपाईंले खाइरहनुभएको मासु कुन जनावरको हो भन्ने शङ्का लागेको छ ? खसी, बोका वा कुखुराको भन्दै अरु कुनै जन्तुको मासु खाइरहनु भएको त छैन ? 

यदि यस्तो तपाईंलाई शङ्का छ भने त्यसको समाधान हुनसक्छ डिएनए परीक्षण । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गत आवमा मात्रै झण्डै ६५ वटा जनावरसम्बन्धी मुद्दामा डिएनए परीक्षणद्वारा समाधान निकालिएको छ । तीमध्ये ४९ वटा मुद्दा वन्यजन्तुसम्बन्धी र १६ मुद्दा गाईसम्बन्धी भएको प्रयोगशालाले जनाएको छ । 

एकदशक पहिलेदेखि मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत प्रयोगशालाले तीन वर्ष पहिलेदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको प्रयोगशालाका सूचना अधिकारी दिनेशकुमार झाले बताउनुभयो । यो दुई वर्षमा वन्यजन्तु चोरी शिकार गरेर निर्यात गर्न लागेको भनी विभिन्न निकायबाट लागि आएको मुद्दा पनि परीक्षण भएका छन् । कतिपय मुद्दामा झुक्काएर जङ्गली जनावर भनी घरपालुवा जनावरको अङ्गसमेत ओसारपसार भएको पाइएको प्रयोगशालाले जनाएको छ ।

पहिलेपहिले पनि जनावरसम्बन्धी परीक्षणका लागि मुद्दा आउने गरेको प्रयोगशालाका डिएनए युनिटका प्रमुखसमेत रहनुभएका झाले जानकारी दिनुभयो । डिएनए प्रविधिबाट परीक्षण नहुँदा प्रयोगशालाले ती मुद्दा फर्काउने गरेको उहाँले बताउनुभयो । अहिले विश्वका जुनसुकै प्रजातिको जनावरको अङ्ग फेला परेमा पत्ता लगाउन सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यसले गर्दा अपराध अनुसन्धानमा सजिलो भइरहेको हामीले पाएका छौँ ।”

प्रयोगशालामा जनावरका अङ्गस्वरुप बँदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको झाले बताउनुभयो । खुला आँखाले ती वस्तु के हो भन्ने छुट्टिदैन । मासुलाई सुकुटी वा अरु भागलाई त्यसरी नै फरकस्वरुपमा बिक्री गरिँदा त्यो कुन जनावरको अङ्ग हो भनेर छुट्याउन नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले ताजा र सुक्खा दुवै खालको मासुको परीक्षण गर्न सक्छौँ ।” 

फरकखालका जनावरको अङ्ग फरकफरक प्रयोजनका लागि प्रयोग हुने गरेको प्रयोगशालाले जनाएको छ । बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग हुने गरेको पाइएको छ । कस्तुरीको बिना, भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको बताइएको छ । 

उहाँले भन्नुभयो, “स्वदेशभित्रै मात्रै होइन जनावरको ओसारपसार विदेशसम्मसमेत भएका घटना हामी कहाँ आइरहेका छन् ।” यहाँ आएका घटनामा घरपालुवा जनावरमा सबैभन्दा बढी गाईसम्बन्धी मुद्दा रहेको प्रयोगशालाले जनाएको छ । तीबाहेक भैँसी, बाख्रालगायतका घरपालुवा जनावर वन्यजन्ुत भन्दै झुक्काएर बिक्री वितरण भइरहेको उहाँले बताउनुभयो । कतिपय जनावरको अङ्ग कुहिएर बिग्रिएकै अवस्थामा आइपुग्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मासुलगायतका भाग कुहिसक्दा पनि हामीले डिएनए परीक्षणमार्फत नतिजा निकालिरहेका छौँ ।”

कतिपय जनावरको अङ्ग नाङ्गो आँखाले हेर्दा उस्तै देखिने सूचना अधिकारी झाले बताउनुभयो । उहाँका अनुसार पाटेबाघ र चितुवा र अरु पनि कतिपय जनावरको कतिपय अङ्ग खाली आँखाले हेर्दा उस्तै देखिन्छ । डिएनए परीक्षणबाट मात्रै कुन प्रजातिको र कुन ठाउँको जनावर भन्ने पत्ता लाग्ने उहाँको भनाइ छ । 

अधिकांश घटनामा कुन चाहिँ जनावर हो भन्ने छुट्याइने र केही घटनामा भने जनावर हाम्रो देशको हो कि होइन भनेर छुट्याउन गरेको छ । त्यसबाहेक भारत, चीनलगायतका छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर होे भन्ने सजिलै छुट्याइने गरिएको उहाँले बताउनुभयो । 

प्रयोगशालामा परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बिना, पाटेबाघ र चितुवाको छाला बढिरहेको तथ्याङ्कले देखाएको छ । यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बिनालगायतका अङ्ग चोरी शिकारीका मुद्दा बढी आएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा सबैभन्दा बढी अदालतबाट मुद्दा आउने गरेको सूचना अधिकारी झाले बताउनुभयो । तीबाहेक निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, वन विभाग, जिल्ला वन कार्यालयलगायतका निकायबाट पनि मुद्दा आइरहेका छन् । गत आवमा प्रयोगशालामा आएका ६५ मुद्दामा सबैको परीक्षण गरेर राय दिइसकेको उहाँले जानकारी दिनुभयो । 

प्रयोगशालामा आव २०७३/७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०० दुई वटा नमूना परीक्षणका लागि आएका थिए । प्रयोगशालामा विसं २०६२÷६३ बाट पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षण शुरु भएको थियो । 

प्रयोगशालामा अहिले मानिस र जनावरको डिएनए परीक्षणसँगै विवादित प्रलेख, टक्सिकोलोजी (विषादी, लागुऔषध, अल्कोहलसम्बन्धी), रसायन (केमेष्ट्री) तथा नार्काेटिक्स (लागुऔषध वा प्रज्ज्वलनशील पदार्थसम्बन्धी) मुद्दामा प्रयोगशालामा परीक्षण हुँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने