पढ्न करिब 1 मिनेट लाग्छ
<p>साउन २५, तनहुँ | तनहुँको देवघाट गाउँपालिका–५ भुवनटारस्थित त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ । त्रिशूली नदीको किनारमा शुक्रबार अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।<br></p><p>मृत फेला परेका महिला र बालकको नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । </p><p>घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । </p>

