2026-09-13 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सुर्माभवानी जात्रा शुरु

साउन २६, दार्चुला । देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्माभवानीको जात्रा शुरु भएको छ । साउन महीनाको मान्य औँसीदेखि शुरु भएर दश दिनसम्म सो जात्रा विधिवत् रुपमा मनाइने गरिन्छ । दार्चुला र बझाङको सीमा क्षेत्रमा सो जात्रा लाग्ने गर्दछ । सुर्माभवानी जात्रा औँसीदेखि १७ दिन र रतेडीदेखि सात दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।

अपी हिमाल गाउँपालिकाको घाजिर छेती हुँदै बझाङको सुर्मासरोवरको सीमासम्म सो जात्रा मनाइने गरिन्छ । उच्च हिमशङ्खलाको बीचमा अवस्थित सरोवर धार्मिक पर्यटकीय तथा सांस्कृतिक दृष्टिकोणले महत्व रहेको पाइन्छ । चैतमा वर्णन भएको प्रसङ्गअनुसार पूर्णिमाकै दिन थारको भेषधारण गरेका सुर्माभवानी बझाङका सिकारीले लखेट्दा सुर्मा तालमा विलय भएको उल्लेख छ । 

त्यही कारण सुर्मा तालमा अपी हिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुले पूजा गर्ने चलन रहेको इतिहासका जानकार तुङ्काधोज बोहरा बताउनुहुन्छ । सुर्मा सरोवर जात्रा छ हजार ५२३ मिटर उचाइमा गएर मनाइने गरिन्छ । 

जात्राका लागि क्षेत्त पुख्र्याैली घर भएका स्थानीय र घाजिर घर भएका समुदायका तीर्थालुले औँसीदेखि नै एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्नुपर्ने परम्परा छ । सुर्मासरोवर तीर्थ जाने व्रतालु भक्तलाई वीरे भनिन्छ । वीरे दुई प्रकारका हुन्छन् । जसमा पहिलो पटक जानेलाई बालो वीरे र पटक पटक गएकालाई बुढोवीरे भन्ने चलन छ । जसअनुसार सहभागी हुने छेती घर भएका ठेकरे, बोहरा, धामी, वैरे समुदायका भक्तजनलाई उवादेशी, घाजिर घर भएका स्थानीय भक्तजनलाई उनादेशी तथा खण्डेश्वरीभित्र बसोबास गर्ने, रोकाया, कार्कीलाई वाइदेशी भन्ने चलन छ । सुर्माभवानी जात्रामा सहभागी हुने भक्तजनलाई जात्रा अवधिभर लसुन, प्याज, मसुर तथा मासु रक्सी जस्ता भोजन निषेध गरिएको छ ।  

जात्रालाई भव्य रुपमा मनाउन स्थानीय क्लब तथा सङ्घसंस्थालाई परिचालन गरिएको अपी हिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिनुभयो । गाउँपालिकाले समेत जात्रा व्यवस्थापनमा सहयोग गरेको छ । विशेष जात्रा मनाइने भएको कारण छेती घाजिर बस्तीलाई नमूना बस्तीका रुपमा विकास गर्न गुरुयोजना निर्माण शुरु गरिएको गाउँपालिका अध्यक्ष मन्याल बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले