2026-09-13 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा पहिरोले सडक भाँसिदा यातायात ठप्प,आठ परिवारले घर नै छाडे

गंगराज पण्डित | साउन २७, बाजुरा | साँफे मार्तडी सडकमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ । बूढीगङ्गा नदीले सडकनै कटान गरी भाँसिन थालेपछि यातायात सेवा ठप्प हुन पुगेको हो ।

शिलान्यास भएको २३ वर्षपछि निर्माण सम्पन्न भएर यातायात सेवा सञ्चालन भएको एक वर्ष नपुग्दै दर्जनांै स्थानमा पहिरो जाँदा सो सडक अवरुद्ध भएपछि  बाजुरावासी प्रभावित भएका छन् । 

गत वर्ष मात्र कालोपत्रको काम सकिएर सो सडक नियमित सञ्चालनमा आएको थियो । कालोपत्र गरेकै वर्ष पनि पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । यो वर्ष पनि दुई पटक अवरुद्ध बनिसकेको छ । सामान्य पहिरो गएको र पन्छाएपछि सुचारु हुने अवस्था नभएकाले लामो समयसम्म सडक बन्द हुने अवस्था देखिएको छ ।

सो सडकखण्ड अन्तर्गत बूढीगङ्गा नगरपालिका– १ अमकोट क्षेत्रमा पहिरोले सडक भत्किएको छ । सडकमा यातायातका साधन नै सञ्चालन गर्न नमिल्ने गरी सडक भाँसिएको प्रहरीले जनाएको छ । सडकनै भाँसिएकाले छिटो खुलाउन नसकिने सडक डिभिजन कार्यालय साँफेका इञ्जिनीयर दमन विष्टले बताउनुभयो । “यसअघि सानातिना दर्जन बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो”,उहाँले भन्नुभयो, “यो पहिरोको प्रकृति हेर्दा पहिरो खुलाउन सहज छैन, पहिरो पन्छाउनका लागि निकै सकस हुने अवस्था छ ।”सडकको आधा बढी भाग पहिरोले बगाइसकेको र बाँकी भाग पनि भत्किने खतरा रहेकाले बस र ठूला मालबहाक ट्रक आवतजावतमा रोक नै लगाइएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहिरोले भाँसिएको क्षेत्रमा खतराको चिन्ह लगाएर प्रहरी परिचालन गरिएको छ । 

सो क्षेत्रको अम्कोट, द्ववारी र मलाती क्षेत्रको आधा किलोमिटर बढी सडक नै पहिरोको उच्च जोखिममा रहेको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ । त्रिवेणी नगरपालिका क्षेत्रमापर्ने पैमाको पहिरो र बूढीगङ्गा नदीको कटानले सडक नै उच्च जोखिममा रहेको इञ्जिनीयर दमन विष्टको भनाइ छ । 

“बाटो पूरै भत्किसकेकाले अहिले सवारी साधन सञ्चालन गर्ने अवस्था छैन्”,उहाँले भन्नुभयो, पहिरोको कारण करिब ६० मिटर सड़क भाँसिएकाले सड़क पूर्णरूपमा अवरुद्ध भएको छ, बाटोका लागि विकल्प खोजिए पनि तत्काल सुचारु गर्नसक्ने अवस्था छैन् ।”

सडक छेउको घर नै भत्काएर तत्कालका लागि वैकल्पिक बाटो निर्माण गर्नुपर्ने हुँदा यसका लागि प्रमुख जिल्ला अधिकारीसहित घरधनीको अनुमति चाहिने इञ्जिनीयर विष्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बजेट नभएपनि पछि माग गरेर पूर्ति गर्ने गरी वैकल्पिक सडक बनाइने छ । सडक अवरुद्ध हुँदा सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन् । दर्जर्नौ सवारी साधान बल्देमै रोकिएका छन् ।” सदरमुकाम मार्तडी आउने र मार्तडीबाट जाने सञ्जाल नै विच्छेद भएको स्थानीयवासी चेतन ऐडीले बताउनुभयो । 

आठ परिवारले घर छोडे 

साँफे मार्तडी सडक खण्डको छेउमा रहेका आठ परिवारले घर छोडेका छन् । तलपट्टी बूढीगङ्गा नदीको तीव्र कटान शुरु गरेसँगै आँगनमै पहिरो बग्न थालेपछि उनीहरुले घर छोडेका हुन् । सात परिवारले साउन पहिलो साता नै घर छोडेका हुन् भने टीकाराम पाध्यायका दाजुभाइले एकहप्ता अघिमात्रै घर छोडेको स्थानीयवासी नवराज पाध्यायले जानकारी दिनुभयो । 

निरन्तर वर्षाका कारण सडक पहिरोले भाँसिएसँगै घर पनि जोखिममा परेको छ । घरसमेत पहिरोमा बग्ने भएपछि घर छोडेर अन्यन्त्र सर्नु परेको टीकाराम पाध्यायको परिवारको गुनासो छ । 

सडक तलतिर रहेका लीला पाध्याय, हीरा पाध्याय, नन्दकृष्ण पाध्याय, मनिराम पाध्याय, टीकाराम पाध्याय लगायतका परिवार पनि अन्यन्त्र सरिसकेका छन् । उनीहरुको बस्ती नजिकै पहिरो बग्न थालेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले