2026-06-20 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर सञ्चालकको शैक्षिक कन्सल्टेन्सीमा छापा, युरोप पठाउने धन्दा गरेको भेटियो

साउन २७, काठमाडौं । वैदेशिक रोजगार विभागद्वारा पहिलोपटक वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कन्सल्टेन्सीमा छापा मारेको छ । पछिल्लो समय बैदेशिक रोजगार बिभागले अनुगमनलाई तीब्रता दिईरहेको बेला विभागले काठमाडौंको सिनामंगलस्थित एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा छापा मारेको हो ।

यो कन्सल्टेन्सी म्यानपावर व्यवसायी सुजितकुमार श्रेष्ठले चलाएको भेटिएको छ । म्यानपावरबाट छलेर कामदार अवैध रूपमा पठाउन उनले कन्सल्टेन्सीलाई प्रयोग गर्ने गरेको विभागको प्रारम्भिक अनुसन्धानबाट फेला परेको छ । उनले कन्सल्टेन्सीबाटै प्रक्रिया मिलाएर  कामदार भिसामा विभिन्न देशमा पठाउने गरिएको दावी विभागको छ । 

कानूनअनुसार म्यानपावरले मात्रै वैदेशिक रोजगारीमा पठाउन पाउँछन् तर श्रेष्ठले कन्सल्टेन्सीबाटै मोटो रकम अशुली गरेर युरोप पठाउने धन्दा चलाएको भन्दै उजुरी परेको थियो । सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागि विज्ञापन गर्दै कन्सलटेन्सीले अन्तरवार्ता लिएर अवैध रुपमा वैदेशिक रोजगार सम्वन्धी काम गरेको बिभागले सूचना पाएको थियो ।

अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीवाट साइप्रस देशमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएकाहरुको आवेदन फाइल तथा व्यक्तिहरुको राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिहरुको विवरण समेत अनुगमन टोलीले फेला पारेको छ ।

टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सिपियु जफत गरी ल्याएको महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । कन्सल्टेन्सीमा संचालक श्रेष्ठलाई आवश्यक वयानको लागि विभागमा उपस्थित हुनको लागि पत्र थमाइएको बिभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ