2026-07-06 07:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज दोस्रो विश्व संस्कृत दिवस

2019-08-15

साउन ३०, काठमाडौं । संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले दोस्रो विश्व संस्कृत दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । गत वर्षदेखि जरो किलो प्रतिष्ठान नेपालले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्व संस्कृत दिवस मनाउन थालेको हो ।

 संस्कृत भाषाको सम्वर्द्धन तथा प्रवर्द्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको कार्यक्रम संयोजक डा. गोविन्दशरण उपाध्यायले जानकारी दिए । जनै पूर्णिमा, ऋषितर्पणी तथा रक्षा बन्धनको अवसर पारेर साउन ३० गते बिहीबार प्रतिष्ठानको कार्यालय जमलमा दोस्रो विश्व संकृत दिवस मनाउन लागिएको उनले बताए । 

प्रतिष्ठानले गत वर्ष त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग, विश्व भाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागको संयुक्त आयोजनामा पहिलो विश्व संस्कृत दिवस मनाएको थियो । प्राचीनतम् भाषा संस्कृतको विश्वमै उपयोगिता र महत्व बढ्दै गए पनि यसको उदगमस्थल नेपालमा भने चासो कम हुन थालेकाले दिवस मनाउन शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष डा. निर्मलमणि अधिकारीले बताए ।

यस अवसरमा नेपाल संस्कृत विश्वविद्यालय, त्रिवि केन्द्रीय संस्कृत विभाग, विश्वभाषा क्याम्पस संस्कृत विभाग, त्रिचन्द्र क्याम्पस दर्शन विभागलगायतले संस्कृत जागरणका लािग कार्यक्रमको आयोजना गरेको जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने