२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको स्वयम्भूमा महिलाद्वारा आत्महत्या, शव पोस्टमार्टम गर्न लाग्दा विवाद

२०७६, ३० श्रावण बिहीबार ०७:२६

साउन ३०, काठमाडौं । काठमाडौँको स्वयम्भूमा एक महिलाले विष सेवन ‍गरी आत्महत्या गरेकी छिन् । आत्महत्या गर्नेमा धादिङकी २७ वर्षीया शान्ति तामाङ रहेकी छन् । तामाङको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तामाङले आत्महत्या गर्नुको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त स्वयम्भुका प्रमुख डीएसपी लालध्वज सुवेदीले तामाङले आत्महत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बताए । उनले पोष्टमार्टमको रिपोर्ट पाएपछि थप खुल्ने बताए । श्रीमानसँग बस्दै आएकी तामाङको २ छोराछोरी छन् ।

घटना मोडिएपछि…

यता शान्तिको शव पोष्टमार्टमको लागि अस्पताल लगेपछि घटनाले अर्को मोड लिएको छ । शान्तिको आत्महत्याबारे घर पक्ष र माइती पक्षबीच अस्पतालमा सामान्य झगडा समेत भएको प्रहरीले जनाएको छ । डीएसपी सुवेदीले शान्तिको आत्महत्याबारे माइती पक्ष र घर पक्षबीच जलाउने सहमति भएपनि अस्पतालमा झगडा परेपछि घटनाले अर्को मोड लिएको हो ।

शान्तिका श्रीमानको नाताले भान्जी पर्ने पवित्रा तामाङले शान्तिलाई हामी २-३ जना मिलेर मारेको भनेको माइती पक्षको आरोप छ । सहमतिको लागि प्रहरी चौकीमा जाँदा समेत प्रहरीले भान्जी पवित्रा र उनीसँग गएका अर्का एक युवकलाई भगाएको आरोप माइती पक्षले लगाएकोा छ ।

तर, यस विषयमा डीएसपी सुवेदीले भगाएको भनि लगाएको आरोप झुठो रहेको बताए । डीएसपी सुवेदीले भने, ‘उनीहरु विरुद्ध किटानी जाहेरी पनि परेको छैन । समात्ने आधार पनि केही छैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने