2026-07-06 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायती नागरिकलाई चार लाखमा शिशु बेचबिखनको आरोपमा बाल मन्दिरका निर्देशक पक्राउ

2019-08-15

साउन ३०, काठमाडौँ  | शिशु बेचबिखनको आरोपमा नेपाल बाल संगठन, बाल मन्दिर नक्सालका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ। साउन १२ गते बर्थिङ सेन्टरमा जन्मिएको शिशुलाई बेलायती नागरिकलाई बेचबिखनको सबै कागजात तयार पारिरहेको अवस्थामा डंगोललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।

परिसरका अनुसार बर्थिङ सेन्टरसँग समेत मिलेमतो गरी डंगोलले बेलायती नागरिक डोना स्मिथलाई शिशु बिक्री गर्न खोजेका थिए। चार लाख रुपैयाँसमेत लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ | बेलायती नागरिक स्मिथ २६ जुलाईमा नेपाल आएकी थिइन्। डंगोलसँगै प्रहरीले स्मिथलाई पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालेको छ।

अहिले अनुसन्धान भइरहेको छ। बाल मन्दिरमा यस्ता अरू पनि घटना भएका हुन सक्ने भएकाले प्रहरीले खोजि रहेको छ  | दुवैलाई बुधबार काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने आदेश लिई अनुसन्धान थालिएको प्रहरीको  भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने