2026-09-14 08:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ जिल्ला प्रहरी कार्यालयद्वारा तीन अभियुक्त सार्वजनिक

साउन ३१, गलकोट । बागलुङ जिल्ला प्रहरी कार्यालयले छुटृाछुटृै मुद्दामा आरोप लागेका तीन अभियुक्तलाई आज सार्वजनिक गरेको छ । ढोरपाटन नगरपालिका–८ बोबाङ गाउँमा वृद्ध दम्पतीको हत्याका अभियुक्त मृतकका आफ्नै भाइ ६१ वर्षीय मसाने कामीलाई  सार्वजनिक गरिएको हो । निजले वोबाङ गाउँमा गत साउन २५ गते राति वृद्ध दम्पतीको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप लागेको थियो ।

निज कामीले घरयासी झगडामा आवेगमा आएर वृद्ध दाइ ६४ वर्षीय भानबहादुर कामी र भाउजु ६० वर्षीया बीमाको हत्या गरेको स्वीकार गरेको उक्त कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताउनुभयो । अभियुक्त कामीको घरमा हत्याअगावै पाकेको मासुभात नखाएको फेला परेपछि अनुसन्धानमा सहज भएको प्रहरी प्रमुख  भट्टले बताउनुभयो । “घटनापश्चात् तत्कालै प्रहरीले अनुसन्धान थाल्योे”, प्रहरी प्रमुख भट्टले भन्नुभयो, “घटनास्थलको समयमै अध्ययन गर्न पाउँदा सफलता मिल्यो ।” 

यस्तै बागलुङ नगरपालिका–७ की एक १५ वर्षीया किशोरीलाई लामो समयदेखि प्रलोभनमा पारी बलात्कार गर्दै आएको आरोपमा  पक्राउ परेका सोही ठाउँका ५४ वर्षीय पतिमान सार्कीलाई गत २९ गते राति पक्राउ गरी आज सार्वजनिक गरिएको  हो । निज सार्कीले किशोरीलाई ललाइफकाइ एक वर्षदेखि यौन शोषण गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।  

यस्तै लागुऔषध प्रयोग तथा कारोवारमा संलग्न रहेको आरोपमा बागलुङ बजारबाट पक्राउ गरिएका ताराखोला गाउँपालिका–१ घर भई बागलुङ नगरपालिका–२ श्रीनगरटोलमा डेरा गरी बस्ने १८ वर्षीय सुुदिन छन्ताललार्ई समेत आज सार्वजनिक गरिएको छ । छन्त्यालको साथबाट डाइजोपाम दुई एम्पुल, फेनरागन दुई एम्पुल र नुर्फिन दुई एम्पुल गरी छ थान लागुऔषधसहित २७ गते सोमबार प्रहरीले पक्राउ गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले