2026-09-04 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मारिएन ओभरसिसका संचालकले कतार पठाएका कामदार अलपत्र, संचालकनै अवैध धन्दामा !

भदौ २, काठमाडौँ | काठमाडौँ स्थित सिनामंगलमा रहेको मारियन ओभरसिज मार्फत कतार पुगेका एक नेपाली अलपत्र परेका छन् । मारियन ओभरसिज म्यानपावर मार्फत कतार पुगेका विशन सिंह भण्डारीलाई म्यानपावर संचालक सरोज श्रेष्ठकै संलग्नतामा आजाद भिषामा पठाएको खुलेको हो ।  

पिडित भण्डारीले आफू म्यानपावर मार्फतनै कतार आएको बताउँदै गर्दा बैदेशिक रोजगार बिभागको रेकर्ड अनुसार उक्त म्यानपावरले उनलाई कतार पठाएको खुलेको छैन । पिडितले बताए अनुसार मारियन ओभरसिजका संचालक सरोज श्रेष्ठले पिडित भण्डारीसंग १ लाख ३० हजार अशुली गरि कतार पठाएका थिए । भण्डारीको सम्पूर्ण काम म्यानपावरकै संलग्नतामा भए पनि श्रम स्वीकृति अनुसार कुनै म्यानपावर नजोडीएकोले श्रम स्वीकृतिमा म्यानपावरको नाम हुनुपर्नेमा ‘सेल्फ’ उल्लेख छ । म्यानपावर संचालकले आफ्नो म्यानपावरलाई जोगाउन व्यक्तिगत श्रम स्वीकृतिको सेटिङ योजनामा भण्डारीलाई कतार पठाएको खुलेको छ । 

गत २२ जुनमा कतार पुगेका उनलाई दुई महिना बितीसक्दा पनि कुन कम्पनीमा आफू काम गर्ने भन्ने थाहा छैन । उनले आफू नेपाल फर्कन चाहेको भन्दै सहयोगको याचना गरेका छन् । आफूलाई पठाउने म्यानपावरसंग सहयोगको याचना गर्दा कुनै मतलब नगरेको बताउँदै उनले भने ‘दुई महिनादेखि काम गरेको छैन, खानाको समस्या छ, भुइमा सुतेको छु । म्यानपावरले भोली-भोलि भन्दै झुलाईरहेको छ ।’

सम्बन्धित पिडितलाई उद्दारको पहलमा साझा सबाल मिडियाले बैदेशिक रोजगार बिभागलाई समेत यस बिषयको सूचना दिईसकेको छ । सम्बन्धित म्यानपावर संचालकसंग पिडितको उद्दार तथा पिडितको गुनाशोबारे जानकारी लिन खोज्दा कुनै प्रतिकृया पाउन सकिएन । 

के हो ‘आजाद भिसा’ ?

कतारी श्रम मन्त्रालयका अनुसार ‘आजाद भिसा’ भन्ने कुनै भिसा नै छैन । कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनी) को मात्रै भिसा हुन्छ । कम्पनीको स्पोन्सरसिपमा निस्कने भिसालाई नै दलालले आफू अनुकूल ‘आजाद भिसा’ को नाम दिने गरेका छन् । दलालले यो भिसामा जानेले स्वतन्त्र भएर इच्छाअनुसार काम गर्न र मनग्य पैसा पाइने भन्दै कामदारलाई प्रलोभन दिई पैसा असुल गर्ने गर्छन् । यस्तो नामका भिसाको कारोबार गर्नेलाई कतार सरकारले मानव तस्करीविरुद्ध अपराधमा मुद्दा चलाउने गरेको छ । 

मारियन ओभरसिसका संचालकले यही भिसामा पिडितलाई कतार पठाएको बुझिन्छ । कतिपय म्यानपावरले कतारमा दलालसंग मिलेर आजाद भिषामा नेपालीलाई पठाउने गरेका छन् । यस्तो किसिमको भिषामा कतार पुगेका नेपालीहरु कहिले राम्रो कम्पनीमा काम गर्ने अवसर पाए पनि अधिकांशले पिडित बन्नु परेको छ । आकर्षक कमाई हुने भन्दै लैजाने तर त्यहाँ लगेर काम गर्ने कम्पनि खोज्दा-खोज्दै समय बित्छ । काम पाईहाले पनि नेपालबाट जुन तलब भनेर पठाइएको थियो, उक्त तलब नपाउँदा युवाहरु पिडित बन्नुपरेको अवस्था छ । 

वैदेशिक रोजगार ऐनका अनुसार जुन कम्पनीका लागि श्रम स्वीकृति निकालेको हो, त्यही कम्पनीमा काम गराउनुपर्छ । कामदार, बैदेशिक रोजगार विभाग र बिमानस्थललाई समेत झुक्काएर कतार पुर्याई अलपत्र पार्न सकृय गिरोह, व्यक्ति तथा म्यानपावरलाई कारबाही गर्नुपर्ने बैदेशिक रोजगारभित्रको पुरानै बहश हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो