२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा डेङ्गुका १६ जना बिरामी अस्पताल भर्ना

२ भाद्र २०७६, सोमबार १५:०१

भदौ २, पोखरा । पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो । 

कास्कीमा यही भदौ १ गतेसम्म १०१ जना डेङ्गुका बिरामी देखिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भदौ १ गते मात्रै १६ जना डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् । वडा नं ८ भित्र कवाड सङ्कलन केन्द्रमा रहेका टायरसँगै स्थानीयका घरमा रहेका पुराना भाडामा जम्मा भएको पानी नै डेङ्गु सङ्क्रमणको प्रमुख कारकका रुपमा देखिएको स्वास्थ्य कार्यालयका अधिकृत याम बरालले जानकारी दिनुभयो ।

नागरिक समाजको सञ्जाल, इन्सेक र आमा मिलन केन्द्रद्वारा संयुक्त आयोजना तथा स्वास्थ्य कार्यालयको सहकार्यमा आज यहाँ आयोजित डेङ्गु सचेतना कार्यक्रममा बोल्दै उहाँले स्थानीयले रोगका बारेमा पहिचान भए पनि त्यसबाट बच्न कुनै पनि सतर्कता नअपनाएका कारण डेङ्गु रोग बढेको बताउनुभयो । 

आमा मिलन केन्द्रकी अध्यक्षसमेत रहनुभएको स्थानीय इन्दिरा पौडेलले पटकपटक प्रयास गर्दा पनि महानगरले रोग नियन्त्रणमा चासो नदिएको दुखेसो सुनाउनुभयो । “प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी सङ्क्रमित बन्न पुगेका छौँ, यो वडा निकै संवेदनशील देखिएको छ, महानगर गम्भीर नबने आगामी वर्ष अझै यसको सङ्क्रमण बढेर जाने निश्चित छ”, उहाँले भन्नुभयो ।

इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले डेङ्गु सङ्क्रमणलाई भयावह रुपमा फैलन नदिन आफूहरुले विभिन्न संस्थासँगको सहकार्यमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । शान्तिका लागि नागरिक समाजको सञ्जालका अध्यक्ष विष्णु बरालले सबैभन्दा पहिले स्थानीय नै सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीयका समस्यालाई वडा कार्यलय र महानगरपालिकासम्म पु¥याउनका लागि समन्वयात्मक भूमिका खेल्न सञ्जाल तयार रहेको उहाँको भनाइ छ । सफा पानीमा बस्ने र दिनमा मानिसलाई टोक्ने उक्त डेङ्गु रोग सार्ने लामखुट्टे यतिखेर पोखराका वडा नं. ८, ९ र १७ मा बढी देखिएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै