2026-09-14 08:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

१६ दिनपछि खुल्यो लोकमार्ग

भदौ ३, बागलुङ । बाढीले क्षति पु¥याउँदा गत साउन २० गतेदेखि जिल्लाको तुरतुरेमा अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग आज दिउँसोबाट खुलेको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा १६ दिनदेखि लोकमार्ग ठप्प थियो । अस्थायी मार्ग खोलेपछि लोकमार्ग नियमित पुनःसञ्चालन भएको आयोजना व्यवस्थापनले जनाएको छ ।

“सानाठूला सबै सवारीसाधन आउजाउ गर्न थालेका छन्”, लोकमार्गका इञ्जिनीयर अर्जुन गौतमले भन्नुभयो । एम्बुलेन्स र अत्यावश्यक सेवामा चल्ने साना सवारीसाधन भने शुक्रबारदेखि नै एकतर्फीरूपमा चल्न थालेका थिए । तुरतुरे ताल फुट्दा बडिगाड खोलामा आएको बाढीले २०० मिटर लोकमार्ग बगाएपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको थियो । ‘ब्रेकर’ लगाएर पहरा काट्नुपर्ने भएकाले मार्ग खोल्न समय लागेको हो । 

लोकमार्ग हुँदै छोटो तथा लामो दूरीमा छुट्ने सवारीसाधन पूर्ववत् अवस्थामा चल्न थालेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताउनुभयो । दुई सातासम्म लोकमार्ग नखुल्दा सदरमुकामदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको थियो । 

पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन चल्न सकेका थिएनन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फ पनि यातायात सेवा रोकिएको थियो । लोकमार्ग खुलेसँगै अवरुद्ध भएको ठाउँमा पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । ठप्पै बनेको खाद्यान्न र निर्माण सामग्रीको ढुवानी पनि पुनःसञ्चालन भएको छ । लोकमार्ग खुल्न थप ढिलो भए दैनिक उपभोग्य वस्तुको अभाव हुने अवस्था थियो ।

आयोजना व्यवस्थापनले पनि भदौ ५ गतेभित्र लोकमार्ग खोल्ने लक्ष्य लिएको थियो । तत्काललाई अस्थायी मार्ग खोले पनि पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ । लोकमार्ग पुरानै अवस्थामा फर्काउन भने समय लाग्ने देखिन्छ । 

“नाम, निशानै नरहने गरी लोकमार्ग भत्केको छ, फेरि पूरै संरचना बनाउनुपर्छ”, इञ्जिनीयर गौतमले भन्नुभयो । गत वर्ष पनि त्यही ठाउँमा गएको पहिरोले लामो समयसम्म लोकमार्ग अवरुद्ध पारेको थियो । सोही पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमि क्षेत्रफलमा कृतिम ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले