२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

गैर-सैनिकले ‘कम्ब्याट’ पोशाक लगाउन नपाउने

२०७६, ७ भाद्र शनिबार ०५:०४

बहदु ७, डोटी | जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ । जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक नलगाउन प्रशासनले सबैमा आग्रह गरेको छ । 

जिल्ला प्रशासन कार्यालयले गैरसैनिकलाई कम्ब्याट पोशाक लगाउन निषेध गरिएकाले यसलाई कडाइका साथ लागू गर्न जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख प्रशाकीय अधिकृतलाई निर्देशनसहितको पत्राचार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा ‘कम्ब्याक्ट’ पोशाक लगाउने गरेको देखिएकोले रोकथामका लागि पत्राचार गरेका छौँ, अटेर गर्नेलाई कारवाही हुनेछ ।”

नेपाली सेनाका सकल दर्जाले लगाउने सैनिक पोशाक स्थानीय बजारमा सहजरुपमा बिक्री वितरण हुने हुँदा गैरसैनिकले व्यक्तिले ‘फेशन’का रूपमा उक्त पोशाक प्रयोग गरेकाले यसलाई निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  केही महीना पहिले गृह मन्त्रालयले गरेको परिपत्रअनुसार जिल्लामा गैरसैनिक नागरिकलाई ‘कम्ब्याट’ पोशाक लगाउन निषेध गरिएको यो पहिलोपटक हो । जिल्लाका विभिन्न बजारका पसलमा रहेका त्यस्ता पोशाक ९जुत्तासमेत० खरीद गरेको ठाउँमै फिर्ता गर्न व्यवसायीलाई समेत प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म