२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका २८ वडा सचिवबिहीन

७ भाद्र २०७६, शनिबार ०७:४४

 भदौ ७, तुलसीपुर । दाङका एकसय वडामध्ये २८ वडामा अझै सचिव पुग्न सकेका छैनन् ।  दाङका सुगम स्थानीय तहबाहेक विकट क्षेत्रका स्थानीय तहमा अझै पनि वडासचिव नपुग्दा कार्यसम्पादनमा समस्या हुने गरेको छ ।  

वडामा सचिव नआउँदा एउटै कर्मचारीले धेरै वडामा काम गर्नुपर्ने अवस्था छ । अहिले वडा सरकार प्राविधिकले हाकिरहेका छन् । ग्रामीण क्षेत्रमा कर्मचारी जान नमान्ने तर सुगम क्षेत्रका स्थानीय तहमा जान कर्मचारी हानथाप गर्ने प्रवृति छ । केही समयअघि काम गरेका कर्मचारी पनि समायोजन पश्चात सरुवा भएर अन्यत्र गएपछि दाङका वडा सचिवबिहीन बन्न पुगेका हुन् । 

दाङको विकट क्षेत्र राजपुर गाउँपालिका–६ बाहेक अन्य सबै वडामा अहिले प्राविधिक कर्मचारीले सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । दश स्थानीय तहमध्ये सुगम स्थानीय तहका रुपमा रहेका तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकाका सबै वडामा सचिव पुगेका छन् । तुलसीपुर र घोराहीका १९÷१९ र दङ्गीशरणका सातवटै वडामा सचिव पुगेका छन् । अन्य सातवटा गाउँपालिकाका केही वडामा भने अझै पनि वडासचिव पुग्न सकेका छैनन् ।

अहिले सचिव नहुँदा पञ्जिकाको काम प्रभावित हुने गरेको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो  । “पञ्जिकरणको काम गर्न स्थायी कर्मचारीको हस्ताक्षर आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा पनि स्थायी कर्मचारीका रुपमा रहेका प्राविधिकलाई पनि प्रयोग गर्ने गरिएको छ ।” वडाध्यक्षले सिफारिश गर्ने र एकजना सचिव वा सरकारी कर्मचारीको हस्ताक्षर आवश्यक पर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा