२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबको १० दिनपछि ६०० भन्दा बढी म्यानपावर खारेज हुँदै (बिभागको सूचना सहित)

२०७६, ८ भाद्र आईतवार १६:५८

अनिल अधिकारी | भदौ ८, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउन अनुमति लिएका ६०० भन्दा बढी म्यानपावर कम्पनी बन्द हुने आंकलन गरिएको छ । सरकारले भदौ १९ देखि २ करोड धरौटी राख्ने म्यानपावरलाई मात्र संचालन हुन दिने तथा मलेसिया जस्तो मुख्य गन्तव्य मुलुकमा कामदार पठाउन रोक लागेपछि ठूलो शंख्यामा म्यानपावर बन्द हुने अवस्थामा पुगेको हो ।

तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारमा पठाउनमा सकृय म्यानपावरको शंख्या १०८१ मात्र रहेपनि हाल १२५० म्यानपावर बैदेशिक रोजगार बिभागमा दर्तामा रहेका छन् । यी मध्ये आधा भन्दा बढी म्यानपावर भदौ १९ पछी संचालनमा नरहने बैदेशिक रोजगार व्यवसायीहरुको आंकलन रहेको छ । गत आर्थिक बर्षको तथ्यांकलाई आधार मान्दा २०० भन्दा बढी कामदार पठाउने म्यानपावरहरुको शंख्या २९४ रहेको छ, जस मध्ये अधिकांशले धरौटी राख्ने सोच बनाएको बाँकी म्यानपावरहरु मर्जमा जाने वा व्यवसायनै बन्द गर्ने दोधारमा रहेको बुझिएको छ । 

मर्ज वा धरौटीको लागि १० दिनको मात्र म्याद बाँकी छँदा झन्डै ८० म्यानपावरहरुले नयाँ नीति अनुसार आफ्नो प्रक्रिया पुरा गर्ने क्रममा छन् भने बाकि म्यान्पावरहरुको आफ्नो म्यानपावर धरौटी तथा नयाँ नियम अनुरुप जाने योजनामा धमाधम काम गरिरहेका छन् । बैदेशिक रोजगार बिभागले भदौ १८ अघिनै म्यान्पावरहरु नयाँ प्रक्रियामा आउन नसके स्वत: खारेज हुने जनाएको छ । 

बैदेशिक रोजगार बिभागले एक सूचना जारी गर्दै ध्यानाकर्षण गरेको पत्रमा भनेको छ 'धरौटी वृद्बधि गरिसक्गनुपर्रने म्याद यही २०७६ भदौ १८ गतेसम्म मात्र भएको र अन्तिम दिनहरुमा सबैले एकसाथ धरौटी वृद्धि तथा गाभिने प्रकृयाका लागि निवेदन दिँदा बिभागमा अत्याधिक कार्यबोझ.चाप पर्ने हुने भएकाले छिटो भन्दा छिटो धरौटी वृद्धि गरिएको प्रमाण पेश गर्न वा गाभिनुपर्ने अवस्था भएमा गाभिन्को लागि बिभागबाट शैद्वान्तिक सहमति लिने काम गर्न अनुरोध गरिन्छ  । म्याद भित्र बैदेशिक रोजगार ऐन र नियमावलीको म्यादभीत्र बैदेशिक रोजगार ऐन नियामावलीको  संसोधित व्यवस्था पालना नगरेमा इजाजत पत्र रद्ध हुने सबैमा जानकारी गराइन्छ । 

बैदेशिक रोजगारमा पठाउन अनुमति पाएका म्यानपावर कम्पनीहरुले भदौ १८ गतेपछि २ करोड धरौटी राख्नुपर्ने नीति लिएसँगै कतिपय म्यानपावर व्यवसायीहरुले आफ्नो म्यानपावर बन्द गर्ने सोचिसकेका छन् भने कतिपयले एकापसमा गाभ्ने सम्बन्धमा विश्वसनीय पार्टनर खोज्ने क्रममा छन् । वैदेशिक रोजगार व्यवसायी संघले विभागको निर्देशन अनुसार कम्पनीहरु गाभिने प्रक्रिया सुरु भएको जनाएको छ । 

मलेसिया खुल्ने नखुल्ने अनिश्चित हुँदा मलेसियामै कामदार पठाएर म्यानपावर धानेका म्यानपावर व्यवसायीहरुलाई के गर्ने भन्नेमा ठूलो संकट परेको छ । धरौटि राख्ने अवधि अब एक साता मात्र बाँकी रहंदा धरौटी अघिनै मलेसियाको रोजगार खुलेको खण्डमा भदौ १८ पछि म्यानपावरको शंख्या अहिलेको आंकलन भन्दा बढी हुने देखिन्छ तर हालसम्मको स्थितिले मलेसिया रोजगारी धरौटी वृद्धि अगावै नखुल्ने निश्चित जस्तै छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा