2026-09-13 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको मझगाँउ विमान स्थल सुचारुका लागि संघर्ष समिति राजधानीतिर

भास्कर के. सी | भदौँ ९, कञ्चनपुर | बन्द रहेको कञ्चनपुरको मझगाउँ विमान स्थल शुचारुको माग राख्दै मझगाँउ संघर्ष समिति संघीय राजधानी(काठमाण्डौँ) गएको छ । सोमबार मझगाउँ विमान स्थल संघर्ष समिति डेलिगेशनका लागि काठमाण्डौँ गएको हो ।

 उनीहरुलाई संघर्ष समितिका सदस्य एव व्यवसायीद्वय सिद्धराज भट्ट र लोकराज भट्टले विदाई गरेका छन् । भीमदत्त नगरका जनप्रतिनिधी सहित संघर्ष समितिका पदाधिकारी राजधानी गएका छन् । भीमदत्त नगरपालिका १६ र १७ का वडाध्यक्षद्वय सुरेन्द्र विष्ट, हिमालय चन्द, सघर्ष समितिका संयोजक रमेश चन्द(ठकुरी), सह–संयोजक तिकल भट्ट, सचिव राजेन्द्र चन्द, संचार संयोजक ज्ञानेन्द्र महरा, स्थानीय टेकेन्द्र क्षेत्रीको टोली राजधानी गएको हो ।

 मझगाउँ विमान स्थल संघर्ष समितिका संचार संयोजक ज्ञानेन्द्र महताले मझगाउँ विमान स्थल शुचारुका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई सहित नागरिक उड्यानका पदाधिकारी, पर्यटन बोड, विभिन्न राजनीतिक दलका नेता एव संसद लगायत विमान संचालक उद्योगी व्यवसायीसंग भेटघाट गर्ने बताए । 

संचार संयोजक महताका अनुसार मन्त्री सहितका पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै तत्काल विमान शुचारुका लागि माग गरिने छ । मन्त्री सहितका निकायलाई बुझाईने ध्यानाकर्षण पत्रमा २०बर्षदेखि बन्द रहेको विमान स्थल कुनै निकायबाट समेत शुचारुका लागि पहल नभएको उल्लेख छ । थुप्रै पर्याप्त भौतिक पुर्वाधार हुँदाहुँदै पनि विमान स्थल शुचारु गर्नका लागि सरकारले पहल नगर्दा बनेका संरचना पनि जिर्ण बन्दै गएको उल्लेख गरिएको छ । विमान स्थल शुचारु नहुँदा यस क्षेत्रको विकासमा बाधा पर्नुका साथै पर्यटकिय क्षेत्र समेत ओझेलमा परेको ठहर गरिएको छ । संघर्ष सरकारले चालु आर्थिक बर्ष २०७६-०७७मा संघीय सरकारबाट बजेट नदिदा जनता निरास भएको जनाईएको छ । 

कञ्चनपुरका राजनीतिक दल, ९ वटै स्थानीय सरकार लगायत विभिन्न संघ संस्थाले मझगाउँ विमान स्थल शुचारुका लागि ऐक्यबद्धता जाहेर गरेको समेत उल्लेख गरिएको छ । विमान स्थल शुचारुका लागि मन्त्रालयका तर्फबाट यथाघिश्र पहलको माग गरिएको छ । संघर्ष समितिले विमान स्थल शुचारुका लागि कहि कतैबाट पहल नभए आन्दोलनको समेत चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले