२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरौटी राख्ने म्यानपावरको शंख्या १११ पुग्यो, म्याद अब ९ दिन बाँकी

२०७६, ९ भाद्र सोमबार ०५:४५

अनिल अधिकारी | भदौ ९, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउनको लागि सरकारले म्यानपावर कम्पनीले न्युनतम ५० लाख नगद र १ करोड ५० लाख बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेसँगै म्यानपावर व्यवसायीहरुलाई यतिखेर भ्याई नभ्याई छ । म्यानपावर धरौटी राख्ने अवधि अब नौ दिन मात्र बाँकी रहेकाले बिभिन्न बैंक र बैदेशिक रोजगार बिभागमा धरौटी राख्न जानेहरुको भीड बढेको हो ।

वैदेशिक रोजगार ऐन २०६४ संशोधनमार्फत सरकारले म्यानपावर कम्पनीले बुझाउँदै आएको धरौटी रकम र बैंक ग्यारेन्टी बढाएसँगै म्यानपावरको शंख्या आधा भन्दा बढी घट्न सक्ने देखिएको छ । नयाँ व्यवस्था कार्यान्वयनका लागि विभागले भदौ १८ गतेसम्मको समयसिमा तोकेको छ । जुन अब नौ दिन मात्र बाँकी छ । 

धरौटी जम्मा गर्ने दिन जम्मा ९ दिन मात्र बाँकी छँदा हालसम्म १११ वटा म्यानपावर कम्पनीले नयाँ नियम अनुसार धरौटी जम्मा गरेको बैदेशिक रोजगार बिभागका महा निर्देशक डा. भिष्म कुमार भुषालले साझा सबाललाई जानकारी दिए । झन्डै ६०० को हाराहारीमा म्यानपावर कम्पनीले नयाँ तोकिएको व्यवस्था अनुसार धरौटी तिर्न सक्ने आंकलन गरिएको बेला अबको नौ दिनमा झन्डै ५०० म्यानपावर कम्पनीको धरौटी जम्मा गर्न समय नपुग्ने स्थिति देखिएको बैदेशिक रोजगार बिभागका एक  कर्मचारीहरुले बताएका छन् । यसै सम्बन्धि जिज्ञाशामा बिभागका महानिर्देशक भुषालले धरौटी राख्ने म्याद थप्न नमिल्ने बताएका छन् । उनले भदौ १८ भीत्र जति म्यानपावरले धरौटी बुझाउन भ्याउँछन् त्यति मात्रै म्यानपावरको बैदेशिक रोजगारको अनुमतिपत्र कायम रहने बताए । उनले भने 'बाँकी म्यानपावर भदौ १९ देखि स्वत: खारेज हुनेछन् ।' 

बैदेशिक रोजगार बिभागले तोकिएको धरौटी रकम बुझाउन नसक्ने म्यान्पावर कम्पनीहरुलाई अन्य कम्पनीसँग मर्जरमा जाने सुविधा दिएकोले तोकिएको प्रक्रिया पुरा गरि बिभागमा यथासिघ्र आउन भनेको छ । केहि म्यानपावर व्यवसायीले समयावधि थपिने आशा राखे पनि कमसेकम म्यानपावर कम्पनी हुँदा बैदेशिक रोजगारको नियमन गर्न सहज हुने अधिकारीहरुको धारणा छ । यस्तो अवस्थामा राजपत्रमै तोकिएको म्याद भित्र म्यानपावर कम्पनीहरु धरौटी राख्न आईपुग्नुपर्ने बिभागको ताकेता छ । बिभागले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै म्यानपावर कम्पनीहरुलाई यथासिघ्र धरौटी राख्न आउन निर्देशन समेत दिईसकेको छ । 

बैदेशिक रोजगार बिभागले एक सूचना जारी गर्दै ध्यानाकर्षण गरेको पत्रमा भनेको छ 'धरौटी वृद्बधि गरिसक्नु पर्ने म्याद यही २०७६ भदौ १८ गतेसम्म मात्र भएको र अन्तिम दिनहरुमा सबैले एकसाथ धरौटी वृद्धि तथा गाभिने प्रकृयाका लागि निवेदन दिँदा बिभागमा अत्याधिक कार्यबोझ/चाप पर्ने हुने भएकाले छिटो भन्दा छिटो धरौटी वृद्धि गरिएको प्रमाण पेश गर्न वा गाभिनुपर्ने अवस्था भएमा गाभिनको लागि बिभागबाट शैद्वान्तिक सहमति लिने काम गर्न अनुरोध गरिन्छ  । म्याद भित्र बैदेशिक रोजगार ऐन र नियमावलीको म्यादभीत्र बैदेशिक रोजगार ऐन नियामावलीको  संसोधित व्यवस्था पालना नगरेमा इजाजत पत्र रद्ध हुने सबैमा जानकारी गराइन्छ ।'


बैदेशिक रोजगारमा पठाउन अनुमति पाएका म्यानपावर कम्पनीहरुले भदौ १८ गतेपछि २ करोड धरौटी राख्नुपर्ने नीति लिएसँगै कतिपय म्यानपावर व्यवसायीहरुले आफ्नो म्यानपावर बन्द गर्ने सोचिसकेका छन् भने कतिपयले एकापसमा गाभ्ने सम्बन्धमा विश्वसनीय पार्टनर खोज्ने क्रममै छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा