२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने ६ जना पक्राउ

९ भाद्र २०७६, सोमबार १६:५६

भदौ ९, काठमाडौँ | आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागार्इं र काभ्रेकै अर्जुन कार्कीलाई विभिन्न मितिमा पक्राउ गरि आज सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले आकर्षक तलब र अध्ययनको प्रलोभनमा पारेर प्रतिव्यक्ति रु १५ देखि २० लाख ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “काठमाडौँबाट मलेशिया हुँदै इण्डोनेसिया पुर्याइ पीडितको राहदानी, नगद तथा भिसालगायत आवश्यक कागजात नियन्त्रणमा लिएर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ”, प्रवक्ता थपलियाले भन्नुभयो । 

पक्राउ व्यक्तिले पीडितलाई पर्याप्त खाना समेत नदिएर बन्धक बनाइ कुटपीट गरी आर्थिक, शारीरिक तथा मानसिक शोषण गरेको ब्यूरोले जनाएको छ । ब्यूरोको सहयोगमा पीडित व्यक्तिहरुको उद्दार गरिएको थियो । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रवक्ता थपलियाले बताउनुभयो । 

पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान तथा कारबाही गरिने ब्यूरोले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की