2026-09-13 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा नगरपालिकाबाटै सुत्केरी भत्ता गायब

भदौ १२, बाजुरा । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै गायब भएको छ । एकयस ८८लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप लगाइएको छ ।

आर्थिक वर्र्ष २०७५/०७६ मा स्वास्थ्य संस्थामा सुत्केरी गराए वापतको रकम उपलब्ध नगराएको तथ्य सार्वजनिक भएपछि उक्त रकम सम्बन्धित शाखाका पदाधिकारीले नै दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको हो । दुर्गम पहाडी क्षेत्रका महिलाले संस्थागत सुत्केरी गराएवापत पाउने ३ हजार र नियमति चारपटक गर्भ जाँचवापतको २ सयका दरले ८ सय गरी ३ हजार ८ सयसहित न्यानो झोला पाउने व्यवस्था गरिएको थियो ।

गत चैत १ गते सुत्केरी गराए पनि आफूले उक्त भत्ता नपाएको पाण्डुसैनकी बिउरा रावलले बताए । उक्त नगरपालिकामा मात्रै १ सय ८८ महिलाले सुत्केरी गराए वापतको रकम पाएका छैनन् । तीमध्ये कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १ सय ३६, पाण्डुसैन स्वास्थ्यचौकीमा ३४ र बाँधु स्वास्थ्यचौकीमा १८ ले सो भत्ता नपाएका हुन् । उक्त रकम नगरपालिकामा आइसके पनि स्वास्थ्य संयोजकसहितको टोलीले खबर नगरेको आरोप सम्बन्धित स्वास्थ्यचौकीले नै लगाएका थिए ।

सोही नगरपालिका–८ की आरती धामीले पनि उक्त भत्ता नपाएको गुनासो गरे । स्वास्थ्य शाखामा काम गर्नेहरुले माथिबाटै पैसा नआएको भनेकाले आफूहरुले पनि त्यही होला भन्ने सोचेर बसेको पाण्डुसैन स्वास्थ्यचौकीका इन्चार्ज नृपराज गिरीले बताए । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट १ सय ५४ ले सो भत्ता लिएको देखिए पनि अन्य कुनै पनि सुत्केरीले पाएका छैनन् । स्वास्थ्य संयोजककै लापरवाहीले उक्त भत्ता नपाइएको अधिकांशको गुनासो थियो । संयोजक जसी लुहारले भने सबैलाई पुग्ने गरी रकम नआएकाले आधा पैसा नबाँडेको बताए । कतिलाई सो भत्ता दिन बाँकी छ भन्दा उनले नै अपुग सङ्ख्याबारे जानकारी नभएको उल्लेख गरे ।

संयोजक लुहारले १३ लाख ५० हजार रुपैयाँ मात्र आएको बताए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुझ्दा भने त्योभन्दा थप १५ लाख रुपैयाँ नगरपालिकामा पठाइ सकिएको जनाइएको थियो । मन्त्रालयका योजना शाखा प्रमुख सूर्य खड्काले भने पहिलोपटक १३ लाख ५० हजार, दोस्रोपटक ८ लाख ९० हजार र तेस्रोपटक जेठ १७ गते ८ लाख ९० हजार गरी कूल २८ लाख ५० हजार रुपैयाँ उक्त नगरपालिकामा मात्र पठाइएको जानकारी दिए । नगरपालिकाका पदाधिकारी तथा स्वास्थ्य संयोजले भने यसबारे कुनै जवाफ दिएनन् । प्रदेशको सम्बन्धित मन्त्रालयले असारमै उक्त भत्ता कम भए माग गर्न स्थानीय तहलाई सूचित गरेकामा कसैले पनि माग नगरेको बताइएको थियो ।

उक्त नगरपालिका उपप्रमुख सृष्टी रेग्मीले पनि आफूलाई थप पैसा आएकोबारे जानकारी नभएको र संयोजकले पैसा अपुग भएर नदिएको भन्ने मात्र खबर गरेको बताए । नगरपालिका निमित्त प्रशासकीय अधिकृत रामदत्त न्यौपानेले आफूहरुलाई पैसा अपुग रहेको जानकारी मात्र गराइएको थप पैसा आए/नआएको थाहा नभएको जानकारी दिए । सुत्केरी भत्ता त्रिवेणी नगरपालिकाका ७७ र खप्तड छेडेदहका ३० जनाले नपाएको बताइएको थियो । 

बूढीगङ्गा नगरपालिकाले थप भत्ता माग गरेकामा रु चार लाख खर्च नभएपछि फिर्ता पठाइएको त्यहाँका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए । बडीमालिका नगरपालिका र हिमाली गाउँपालिकाका सबै सुत्केरी महिलाले भने उक्त भत्ता पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले