२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले जनताको चाहना पूरा गरेरै छाड्छ : मन्त्री विष्ट

१२ भाद्र २०७६, बिहीबार १५:५९

भदौ १२, रामेछाप । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मुलुकमा कम्युनिष्ट पार्टीको एकता भएको र उसको नेतृत्वमा सरकार चलेको देख्न नचाहनेले कुनै न कुनै रुपमा विरोध गर्न खोजे पनि आफूहरुले चुनावको समयमा जनताका सामु गरेका वाचा पूरा गरेरै छाड्ने बताउनुभएको छ ।

जिल्लास्तरका अगुवा कार्यकर्तासँग आज मन्थलीमा भएको अन्तक्र्रियामा मन्त्री विष्टले मुलुक लामो समयदेखिको विकासबाट वञ्चित तथा बेथितीबाट ग्रसित रहेकाले रातारात परिवर्तन र विकास नदेखिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले जनतामा परिणाम दिने गरी काम गरिरहेको छ । हामी आगामी निर्वाचनसम्ममा गत निर्वाचनमा हामीले गरेका वाचा पूरा ग¥यौँ भनेर बुँदागत रुपमा राख्न सक्ने गरी काम गरिरहेका छौँ ।”

कार्यकर्तालाई जनताका बीचमा गएर सरकारले चुनावी प्रतिवद्धता पूरा गर्ने सन्देश लैजान मन्त्री विष्टले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको मन खुम्च्याउन नपाउने र कार्यकर्ताको शीर नझुक्ने गरी सरकारले काम गर्नेछ । यो सरकारले देश र जनताको अहितमा कुनै काम गरेको छैन । गर्दैन पनि ।” अन्तक्र्रियामा नेकपाका जिल्ला नेताहरु आनन्द श्रेष्ठ, प्रकाश कार्की, नगरपालिकाका उपप्रमुख माया कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । मन्त्री विष्टले जिल्लास्थित प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग पनि छलफल गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य