२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कलुवापुर–बेलौरी सडक कालोपत्र हुने

१३ भाद्र २०७६, शुक्रबार ०८:२३

भदौ १३, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताउनुभएको छ । 

कलुवापुर–बेलौरी सडक अवलोकनका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले सडक निर्माणका लागि आवश्यक कानूनी अड्चन हटाई यथोचितरुपमा बजेटको व्यवस्था गरिने बताउनुभयो । 

सडक निर्माणको ठेक्का पाएको सन्तोषी थेगिम जेभीका ठेकेदारलाई मन्त्री बोहराले भन्नु भयो, “ठेक्काको म्याद थप्नेदेखि अन्य कानूनी अड्चन हामी फुकाउछौँ । सडक कालोपत्रको कार्य गर्नका लागि बजेट अभाव हुन दिइन्न । तुरुन्त कार्य प्रारम्भ गर्नोस् ।” 

ठेकेदार कम्पनीका प्रतिनिधिले रकमकै अभावले सडक निर्माणको कार्य अगाडि बढ्न नसकेको सोहीक्रममा बताउनुभयो । बजेटको अभाव नहुने भएपछि कार्य दु्रतगतिमा अगाडि बढाइने ठेकेदार प्रतिनिधिले मन्त्री बोहरालाई बताउनुभयो ।

सोही क्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “मन्त्री ज्यूले कानूनी अडचनदेखि बजेटको व्यवस्था गर्छु भनिसक्नुभएको छ । गुणस्तरीय कार्य तत्काल अगाडि बढाउनोस् ।” सोही क्रममा मन्त्री बोहरासहितको टोलीले शुक्लाफाँटा नगरपालिका– १ वैशाख बस्तीमा स्याली नदीले जग्गा कटान गरेको क्षेत्रको अवलोकनसमेत गर्नुभयो । 

 कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र प्रदेशसभा सदस्यलाई भेटेर जानकारी गराउँदै आए पनि सडक निर्माणले गति लिन सकेको छैन । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र नहुँदा निकै मार्कामा परेको वडाध्यक्ष हरिष विष्टले बताउनुभयो । 

स्थानीय बासिन्दाले खाल्डाखुल्डी र धुलाम्मे भएको सडकमा असहजरुपमा यात्रा गर्नुपरेको छ । कच्ची सडककै कारण यात्रुले २७ किलोमिटर यात्रा गर्न रु एक सय ५० बढी चर्को भाडा तिर्नुपरेको छ । सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो ।

सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले विसं २०७५ भदौ १५ गतेभित्र निर्माण कार्य सक्नुपर्ने थियो । रु १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएको छ । अहिलेसम्म निर्माण कम्पनीले रु चार करोड ४४ लाख भुक्तानी लिएको छ । सडक निर्माणको कार्यमा ग्राभेल राख्ने कार्य केही ठाउँमा भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा