2026-09-13 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कलुवापुर–बेलौरी सडक कालोपत्र हुने

भदौ १३, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक कालोपत्रको कार्य अगाडि बढ्ने बताउनुभएको छ । 

कलुवापुर–बेलौरी सडक अवलोकनका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले सडक निर्माणका लागि आवश्यक कानूनी अड्चन हटाई यथोचितरुपमा बजेटको व्यवस्था गरिने बताउनुभयो । 

सडक निर्माणको ठेक्का पाएको सन्तोषी थेगिम जेभीका ठेकेदारलाई मन्त्री बोहराले भन्नु भयो, “ठेक्काको म्याद थप्नेदेखि अन्य कानूनी अड्चन हामी फुकाउछौँ । सडक कालोपत्रको कार्य गर्नका लागि बजेट अभाव हुन दिइन्न । तुरुन्त कार्य प्रारम्भ गर्नोस् ।” 

ठेकेदार कम्पनीका प्रतिनिधिले रकमकै अभावले सडक निर्माणको कार्य अगाडि बढ्न नसकेको सोहीक्रममा बताउनुभयो । बजेटको अभाव नहुने भएपछि कार्य दु्रतगतिमा अगाडि बढाइने ठेकेदार प्रतिनिधिले मन्त्री बोहरालाई बताउनुभयो ।

सोही क्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “मन्त्री ज्यूले कानूनी अडचनदेखि बजेटको व्यवस्था गर्छु भनिसक्नुभएको छ । गुणस्तरीय कार्य तत्काल अगाडि बढाउनोस् ।” सोही क्रममा मन्त्री बोहरासहितको टोलीले शुक्लाफाँटा नगरपालिका– १ वैशाख बस्तीमा स्याली नदीले जग्गा कटान गरेको क्षेत्रको अवलोकनसमेत गर्नुभयो । 

 कलुवापुर–बेलौरी सडक स्तरोन्नतिको माग गर्दै स्थानीय बासिन्दाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री र प्रदेशसभा सदस्यलाई भेटेर जानकारी गराउँदै आए पनि सडक निर्माणले गति लिन सकेको छैन । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको सडक कालोपत्र नहुँदा निकै मार्कामा परेको वडाध्यक्ष हरिष विष्टले बताउनुभयो । 

स्थानीय बासिन्दाले खाल्डाखुल्डी र धुलाम्मे भएको सडकमा असहजरुपमा यात्रा गर्नुपरेको छ । कच्ची सडककै कारण यात्रुले २७ किलोमिटर यात्रा गर्न रु एक सय ५० बढी चर्को भाडा तिर्नुपरेको छ । सन्तोषी–थेगिम जेभीले विसं २०७३ भदौमा २३ किलोमिटर कलुवापुर–बेलौरी सडक कालोपत्र गर्ने जिम्मा लिएको थियो ।

सम्झौताअनुसार सन्तोषी–थेगिम जेभीले विसं २०७५ भदौ १५ गतेभित्र निर्माण कार्य सक्नुपर्ने थियो । रु १८ करोड २० लाखमा निर्माण गर्ने सम्झौता भएको छ । अहिलेसम्म निर्माण कम्पनीले रु चार करोड ४४ लाख भुक्तानी लिएको छ । सडक निर्माणको कार्यमा ग्राभेल राख्ने कार्य केही ठाउँमा भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले