२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरौटी राख्ने म्यानपावरको संख्या ५१२ पुग्यो, १९२ कम्पनी मर्जरमा

१३ भाद्र २०७६, शुक्रबार १६:१५

मनोज पराजुली, भदौ १३, काठमाडौं । म्यानपावर कम्पनीहरुले इजाजतपत्र लिन धरौटीको लागि बैंक ग्यारेन्टी सहित नगद राख्ने कामलाई अन्तिम समयमा तीव्र पारेका छन् । 

धरौटी राख्न तोकिएको समयसीमा भदौ १८ गते आउन ५ दिन बाँकि रहंदा शुक्रबारसम्म ५ सय १२ कम्पनीको बैंक ग्यारेन्टी रकम प्राप्त भएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले साझा सवाललाई जानकारी दिए । बैंक ग्यारेन्टी पेश गरेका कम्पनी मध्ये ४ सय ४२ कम्पनीले नगद र ग्यारेन्टी दुवै रकम विभागमा दाखिला गरेको महानिर्देशक भुसालले बताए । १ सय ९२ कम्पनीले मर्जरमा गएर ८९ कम्पनीमा सीमित भएको महानिर्देशक भुसालले जानकारी दिए ।


समयसीमा कम भएको र सेवा लिन आउनेको भीड बढेकोले शनिबार पनि कार्यालय खुला राखेर सेवा दिने भुसालले बताए। विभागमा कार्यरत जनशक्ति बाहेक श्रम कार्यालय ताहाचलबाट पनि कर्मचारी थप गरेर व्यवसायीले फाइल पेश गरेकै दिन नै सेवा दिइरहेको महानिर्देशकको भनाई छ ।

हिजो विहिबारसम्म ४ सय २३ म्यानपावर कम्पनीले बैंक ग्यारेन्टी विभागमा पेशा गरेका थिए । ती कम्पनी मध्ये ३ सय ४४ ले नगद ५० लाख सहित बैंक ग्यारेन्टी विभागमा पेश गरेका थिए। 

गत आर्थिक वर्षमा १ हजार ८१ वटा म्यानपावर कम्पनीले कामदार विदेश पठाएका थिए । १ हजार ८१ मध्ये एकाघरमा व्यक्ति संचालक भएकाहरुले  १ भन्दा बढी म्यानपावर चलाउन नपाउने नियम सरकारले ल्याएसंगै  त्यस्ता कम्पनीहरु अनिवार्य मर्जरमा गएका छन् । 


सरकारले बैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्दै वार्षिक तीन हजारभन्दा कम कामदार पठाउन चाहने म्यानपावर कम्पनीले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउन चाहने कम्पनीले एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड र  वार्षिक ५ हजारभन्दा बढि कामदार पठाउन चाहने कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ। सो अनुरुप व्यवसाय गर्न चाहने म्यानपावर कम्पनीले धरौटी राख्नको लागि अन्तिम समयसीमा नै पर्खिएको पाइएको छ । 

३५५ म्यानपावरले दुई करोड धरौटी बुझाए, शनिबार पनि बिभाग खुल्ने, म्यानपावरको सूची हेर्नुहोस्

धरौटी राख्ने म्यानपावरको शंख्या १११ पुग्यो, म्याद अब ९ दिन बाँकी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य