२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरौटी राख्ने म्यानपावरको संख्या ५१२ पुग्यो, १९२ कम्पनी मर्जरमा

२०७६, १३ भाद्र शुक्रबार १६:१५

मनोज पराजुली, भदौ १३, काठमाडौं । म्यानपावर कम्पनीहरुले इजाजतपत्र लिन धरौटीको लागि बैंक ग्यारेन्टी सहित नगद राख्ने कामलाई अन्तिम समयमा तीव्र पारेका छन् । 

धरौटी राख्न तोकिएको समयसीमा भदौ १८ गते आउन ५ दिन बाँकि रहंदा शुक्रबारसम्म ५ सय १२ कम्पनीको बैंक ग्यारेन्टी रकम प्राप्त भएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले साझा सवाललाई जानकारी दिए । बैंक ग्यारेन्टी पेश गरेका कम्पनी मध्ये ४ सय ४२ कम्पनीले नगद र ग्यारेन्टी दुवै रकम विभागमा दाखिला गरेको महानिर्देशक भुसालले बताए । १ सय ९२ कम्पनीले मर्जरमा गएर ८९ कम्पनीमा सीमित भएको महानिर्देशक भुसालले जानकारी दिए ।


समयसीमा कम भएको र सेवा लिन आउनेको भीड बढेकोले शनिबार पनि कार्यालय खुला राखेर सेवा दिने भुसालले बताए। विभागमा कार्यरत जनशक्ति बाहेक श्रम कार्यालय ताहाचलबाट पनि कर्मचारी थप गरेर व्यवसायीले फाइल पेश गरेकै दिन नै सेवा दिइरहेको महानिर्देशकको भनाई छ ।

हिजो विहिबारसम्म ४ सय २३ म्यानपावर कम्पनीले बैंक ग्यारेन्टी विभागमा पेशा गरेका थिए । ती कम्पनी मध्ये ३ सय ४४ ले नगद ५० लाख सहित बैंक ग्यारेन्टी विभागमा पेश गरेका थिए। 

गत आर्थिक वर्षमा १ हजार ८१ वटा म्यानपावर कम्पनीले कामदार विदेश पठाएका थिए । १ हजार ८१ मध्ये एकाघरमा व्यक्ति संचालक भएकाहरुले  १ भन्दा बढी म्यानपावर चलाउन नपाउने नियम सरकारले ल्याएसंगै  त्यस्ता कम्पनीहरु अनिवार्य मर्जरमा गएका छन् । 


सरकारले बैदेशिक रोजगार ऐन २०६४ संसोधन गर्दै वार्षिक तीन हजारभन्दा कम कामदार पठाउन चाहने म्यानपावर कम्पनीले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड, वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउन चाहने कम्पनीले एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड र  वार्षिक ५ हजारभन्दा बढि कामदार पठाउन चाहने कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था गरेको छ। सो अनुरुप व्यवसाय गर्न चाहने म्यानपावर कम्पनीले धरौटी राख्नको लागि अन्तिम समयसीमा नै पर्खिएको पाइएको छ । 

३५५ म्यानपावरले दुई करोड धरौटी बुझाए, शनिबार पनि बिभाग खुल्ने, म्यानपावरको सूची हेर्नुहोस्

धरौटी राख्ने म्यानपावरको शंख्या १११ पुग्यो, म्याद अब ९ दिन बाँकी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त