२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि बैदेशिक रोजगारीमा जानेलाई अनिवार्य नयाँ नियम लागू

१६ भाद्र २०७६, सोमबार ०९:२२

भदौ १६, काठमाडौँ | बैदेशिक रोजगारीमा जानेहरुको लागि आजदेखि अनिवार्य बैंक खाता खोलेको हुनुपर्ने नियम लागू भएको छ । बैदेशिक रोजगार बिभागले केहि दिन अघि मात्र सुचना जारी गर्दै भदौ १६ गतेदेखि बैंक खाताको विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति जारी गर्ने जानकारी गराएको थियो । 

बिभागको निर्देशन अनुरुपनै आजदेखि देशभर सातै प्रदेशका श्रम कार्यालय श्रम नवीकरण तथा नयाँ श्रम स्वीकृति लिन जानेहरुले बैंक खाताको विवरण पेश गर्नु परेको छ । बैंक खाताको विवरण अनिवार्य भएपछि बिभिन्न बैंकहरुमा विदेश जाने युवाहरुले बैंक खाता खोल्न थालेका छन् । 

काठमाडौँको पानीपोखरी स्थित एक बैंकमा बैंक खाता खोल्न फारम भन्दै एक युवा | तश्वीर: अनिल अधिकारी/सास 

यसैबीच बैदेशिक रोजगार बिभागका महा निर्देशक डा. भिष्म कुमार भुषालले श्रम स्वीकृतिको लागि फाराम भर्दा नेपाल राष्ट्र बैंकबाट मान्यताप्राप्त जुनसुकै वाणिज्य बैङ्कहरु वा विकास बैंकहरुमा खोलिएको सम्बन्धित कामदारको खाताको विवरण समेत अनिवार्य रुपले भर्नुपर्ने जानकारी दिए । डा. भुषालले आफ्नो खाता नहुनेले सबैभन्दा नजिकको हकवाला/परिवारको सदस्यको खाताको विवरण समेत गरे हुने जानकारी दिएका छन् । उनले बैङ्क खाताबाट कारोबार गर्नु आफ्नो र आफ्ना परिवारको हित र सुरक्षाको लागि भएको भन्दै बैंक खाताको अनिवार्य गरिएको बताए ।

तत्कालको लागि आफ्नो हकवालाको बैंक खाताको विवरण भएपनि हुने भनिएकोमा पछि क्रमश बैदेशिक रोजगारीमा जानेकै बैंक खाता अनिवार्य हुने बिभागके जनाएको छ । बिभागले विदेशबाट युवाहरुले आफ्नो तलब रेमिट्यान्स मार्फत आफ्नो बैंक खातामै नेपाल आओस भनेर नयाँ नियम ल्याइएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य