२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरौटी राख्ने म्यानपावरको संख्या ७५० पुग्यो, धरौटी बढाएर म्यानपावर घटाउने सरकारको योजना असफल !

१७ भाद्र २०७६, मंगलवार १३:१८

मनोज पराजुली भदौ १७, काठमाडौं। सरकारले बढाएको धरौटी अनुसार बैंक ग्यारेन्टी राख्ने म्यानपावर कम्पनीको संख्या ७ सय ५० पुगेको छ । मंगलबार साँझसम्म नगद र बैंक ग्यारेन्टी दुवै बुझाउने म्यानपावर कम्पनीको संख्या ६८२ पुगेको बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । 

लगानी गर्न नसक्ने तथा एकाघरका व्यक्तिले चलाएका म्यानपावर मर्जरमा जानका लागि २ सय ८९ ले निवेदन दिएकोले ती गाभिई १ सय २५ कम्पनी कायम हुने भुसालले बताए । सरकारले धरौटी रकम वृद्धि गरेसंगे म्यानपावरको संख्या घट्ने र अनुगमन गर्न सहज हुने अपेक्षा लिएको थियो तर बैंकहरु विच प्रतिष्पर्धा भई न्यून रकममा बैंक ग्यारेन्टी लिन पाएका कारण म्यानपावरको संख्या थपिएको महानिर्देशक भुसालको भनाई छ । अन्तिम समयमा पनि व्यवसायीको भीड बढेकोले भोलि अन्तिम दिनसम्म म्यानपावरको संख्या ८ सय नाघ्ने अनुमान गरिएको भुसालले बताए ।

हाल प्राइम, ग्लोबल आइएमई, सनराइज लगायत बैंकले न्युनतम १९ लाख ५० मा नै डेढ करोडको लागि बैंक ग्यारेन्टी दिइरहेका छन् । धरौटी राख्न तोकिएको समयसीमा भदौ १८ गते आउन १ दिन बाँकि रहंदा मंगलबार साँझसम्म म्यानपावर कम्पनी बैंकमा आउने क्रम नरोकिएको प्राइम बैंक बागबजार शाखाका शाखा प्रमुख शिभराज पन्तले बताए उनका अनुसार बैंक ग्यारेन्टी राख्ने मध्ये ९० प्रतिशतलाई प्राइम बैंकले बैंक ग्यारेन्टी सेवा दिएको बताए ।  

अन्तिम समयमा कार्यबोझ हुने भन्दै वैदेशिक रोजगार विभागले सकेसम्म छिटो धरौटी र बैंक ग्यारेन्टी पेश गर्न व्यवसायीहरुलाई विभागले आग्रह गरेको थियो तरपनि अन्तिम समयमा धरौटीको लागि विभाग पुग्ने क्रम झन् बढेको छ। वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था अनुसार व्यवसायीहरले यहि भदौ १८ गतेसम्म वृद्धि भएको बैंक ग्यारेन्टी र धरौटी पेश गरी सक्नुपर्छ। 

वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था अनुसार वार्षिक तीन हजारसम्म कामदार पठाउने लक्ष्य राख्ने म्यानपावर कम्पनीले धरौटीबापत ५० लाख रुपैयाँ नगदै र एक करोड ५० लाख रुपैयाँको बैंक ग्यारेण्टी, वार्षिक तीनहजार भन्दा बढी पाँचहजारसम्म कामदार पठाउने लक्ष्य राखी इजाजत माग गर्ने संस्थाले धरौटी बापत एक करोड रुपैयाँ नगदै र दुई करोड रुपैयाँको बैंक ग्यारेन्टी तथा वार्षिक पाँच हजार भन्दा बढी कामदार पठाउने लक्ष्य राख्ने म्यापावर कम्पनी धरौटी बापत दुई करोड रूपैयाँ नगदै र चार करोड रूपैयाँको बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था छ । 

गत वर्ष १ हजार ८१ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार विदेश पठाएका थिए ।  त्यसमध्ये एकाघर सगोलका व्यक्ति सञ्चालक भएका म्यानपावरहरुले एउटा कम्पनी मात्र सञ्चालन गर्न पाउने नियम आएपछि उनीहरु अनिवार्य मर्जरमा गएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य