2026-09-04 04:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघले भन्यो ‘कामदारको बैंक खाता रेकर्ड राख्ने वा पत्रचार गर्ने कार्यमा कुनै सहयोग गर्न सकिंदैन’

 भदौ १८, काठमाडौं ।नेपाल बैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार कार्यालयको श्रम स्वीकृति सम्बन्धी प्रकासित सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । श्रम कार्यालयले हिजो मंगलबार एक सूचना जारि गर्दै श्रम स्वीकृति लिनुपूर्व अनिवार्य रुपमा बैंक खाता नम्बर (प्रमाण सहित पास बुक, चेक स्टेटमेन्ट) प्रविष्ट गर्नुपर्ने व्यवस्था गरेको थियो । 

संघ अध्यक्ष रोहन गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘वैदेशिक रोजगारमा जाने कामदारको खाता नम्बर, खाता रहेको बैंकको नाम व्यवसायिले बिभागको अनलाइनमा जानकारी गर्न के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिसयमा छलफल हुदै गर्दा भाद्र १७ गतेको सूचनामा कामदारले श्रम स्वीकृति आबेदन दिदा खाता सम्बन्धि प्रमाण खुल्ने एटिम, चेक बुक, पास बुक जस्ता कागाजात पेश गर्नु पर्ने ब्यबस्था गरिएको देखिएको छ । कुनै  ब्यक्तिको बैंकसंग सम्बन्धित  कागजात (एटिएम कार्ड, चेक, पास बुक) कहीं, कतै रेकर्ड राख्ने वा पत्रचार गर्ने कार्यमा वैदेशिक रोजगार  व्यवसायीहरुले कुनै सहयोग गर्न नसक्ने जानकारी गर्दछौं ।’

नेपाल सरकारलाई वैदेशिक रोजगारमा जाने कामदारको बैंक खाता हुनु नै पर्ने भन्ने लागेको हो भने राहदानी बनाउदा वा नवीकरण गर्दा दिने आबेदनमा बैंक खाता विवरण उल्लेख गर्ने ब्यबस्था गर्दा प्रभाबकारी हुने संघले जनाएको छ ।

आजदेखि बैदेशिक रोजगारीमा जानेलाई अनिवार्य नयाँ नियम लागू

भदौ १६ गतेदेखि बैंक खाताको विवरण पेश गरेपछि मात्र श्रम स्वीकृति पाईने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो