२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा स्क्रब टाइफसका २७ बिरामी भेटिए

२०७६, १८ भाद्र बुधबार ०९:४०

भदौ १८, डडेल्धुरा | डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् | एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी दिए ।

दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २७ सङ्क्रमित भेटिएका हुन् । अस्पताल आउने सुदूरपश्चिम प्रदेशका डडेल्धुरासहित बैतडी, दार्चुला, बझाङ र डोटीका बिरामीसमेत आउने गरेकाले डडेल्धुरा जिल्लाका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका ल्याब इन्चार्ज भुषालले बताए ।

आर्थिक वर्ष २०७५-७६ मा जिल्लाको अजयमेरु गाउँपालिकामा पहिलोपटक देखापरेको स्क्रब टाइफसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको थियो । जिल्लामा पनि स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ ।

पछिल्लो समय किटजन्य रोगको महामारी पहाडी जिल्लामा फैलिँदै गएको तथ्याङ्कमा देखिन्छ । स्क्रब टाइफस लागेमा  बिरामीलाई समान्यतय ज्वरो आउने, मांशपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखापर्ने गर्दछन |

स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि सो  अस्पतालमा बढी जसो टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने लक्षणका बिरामी आउने गरेका मेडिकल सुपरिटेन्डेन्ट कँडेल बताउछन् । व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिदाँ यो रोगको सङ्क्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन उनको सुझाव छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै