२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर धरौटी बृद्धिको म्याद समाप्त, ३०३ म्यानपावर खारेज (बिज्ञप्ति सहित)

१८ भाद्र २०७६, बुधबार १४:४९

मनोज पराजुली | भदौ १८, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउन इजाजतपत्रवाला संस्थाको धरौटी बृद्धिको म्याद समाप्त भएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन बमोजिम बृद्धि गरिएको धरौटी जम्मा गर्ने इजाजतपत्रवाला संस्थाहरुको संख्या ८४८ पुगेको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । म्यानपावर संस्थाहरुको नगद धरौटीको भेरिफाई गर्ने कार्य भोली मात्रै हुनसक्ने भएकोले ८४८ म्यानपावर संख्यामा हेरफेर हुनसक्ने उनले बताए । २ म्यानपावरले ६ करोड, ३ म्यानपावरले ४ करोड र ८४३ कम्पनीले २ करोड धरौटी बुझाएका छन् 


बिभागले जारी गरेको बिज्ञप्तिमा भनिएको छ 'कुनै संस्थाले बढेको धरौटी एक्लै पुरा गर्न नसक्ने भएमा वा एकै व्यक्तिले एक भन्दा बढी इजाजतपत्र लिएको अवस्थामा संस्था गाभिने मौका समेत दिइएकोमा जम्मा ३०३ संस्था गाभिई  १३१ संस्था बन्न पुगेका छन् । यसरी गाभिने संस्थाहरुमध्ये ६ वटा संस्था गाभिई एउटा बनेको, पाँच-पाँच वटा संस्था गाभिई बन्ने संस्था २, चार-चार संस्था गाभिई बन्ने संस्था ९, तीन-तीनवटा संस्था गाभिई बन्ने संस्था संख्या १३, दुई-दुई वटा संस्था गाभिई बन्ने संख्या १०६ रहे ।' 

बिभागले जारी गरेको बिज्ञप्ति अनुसार वैदेशिक रोजगारका लागि इजाजतपत्र लिएका कूल १५२७ संस्थामध्ये विभिन्न समयमा गरी २०४ संस्था खारेज भैसकेका थिए । बिभागले बिज्ञप्तिमा भनेको छ 'भदौ १ गतेसम्म १३२३  संख्यामा इजाजतपत्रवाला कानूनी हिसाबले अस्तित्वमा रहेका रहेका थिए । कारोबार रोक्का भएका र निष्क्रिय रहेकाहरुले समेत बैङ्क ग्यारेन्टी र धरौटी राख्न पाउने भएकोले बढेको धरौटी राख्न नसकेकै कारणले खारेजीमा पर्ने इजाजतपत्रवाला संस्थाको संख्या  ३०३ पुगेको छ । यो संख्या रुजु गर्ने क्रम जारी रहेकोले यसमा निकै सानो संख्या तलमाथि पनि हुनसक्छ ।' 

अब भदौ १९ (भोली)देखि २ करोड धरौटी राख्ने म्यानपावर मात्र संचालन गर्न पाउने भए पछि यस अघिका झन्डै ४७५ म्यानपावर कम्पनी स्वत: खारेज हुनेछन् । यसै बिषयमा बैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले म्यानपावर शंख्या १ हजार ३ सय २३ बाट झरेर ८ सय ४८ हुन आएको जानकारी दिए । 


गत आार्थिक वर्षमा कुल एक हजार ८१ वटा म्यानपावर कम्पनीले मात्रै श्रमिक पठाएका थिए । मर्जर प्रक्रियामा जानु पहिले एक हजार दुई सय ४७ वटा म्यानपावर कम्पनी क्रियाशिल रहेको बिभागले जनाएको छ । 

सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी बढाएको थियो। यसअघि सबै म्यानपावर कम्पनीको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी रहेको थियो । बैदेशिक रोजगार ऐनको पछिल्लो संसोधनमा ३ हजारसम्म पठाउनेलाई २ करोड, ५ हजारसम्म पठाउनेलाई चार करोड र त्यसभन्दा बढी पठाउनेलाई ६ करोड धरौटी राख्नु पर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार ८४८ म्यानपावर कम्पनीले तोकिएको धरौटी रकम राखेका हुन् । 

दुई म्यानपावर जसले राखे ६ करोड धरौटी 

काठमाडौँको गौशालामा रहेको द रिभर ओभरसिज प्रालि र इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले  ६/६  करोड धरौटी राखेका छन् । गत आर्थिक बर्षमा पांच हजार भन्दा बढी कामदार बैदेशिक रोजगारीमा पठाएको कारण रिभरले ६ करोड धरौटी राखेको हो । उसले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी कुल ६ करोड धरौटी राखेको हो । द रिभर ओभरसिसले गत आर्थिक वर्ष ५ हजार २ सय ५८ जनालाई वैदेशिक रोजगारीमा पठाएको थियो । इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्टले पनि ५ हजार बढी कामदार पठाउने लक्ष्यका साथ ६ करोड धरौटी राखेको हो । 

४ करोड धरौटी राख्नेमा ३ म्यानपावर 

एसओएस म्यानपावर सर्भिस, साउण्डलाइन रिक्रुटमेन्ट प्रा. लि र मोन्टेज ओभरसिज प्रालिले  ४ करोड धरौटी राखेका छन् ।  यी तीन कम्पनीले एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड धरौटी राखेका हुन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य