२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर धरौटी बृद्धिको म्याद समाप्त, ३०३ म्यानपावर खारेज (बिज्ञप्ति सहित)

२०७६, १८ भाद्र बुधबार १४:४९

मनोज पराजुली | भदौ १८, काठमाडौँ | बैदेशिक रोजगारीमा पठाउन इजाजतपत्रवाला संस्थाको धरौटी बृद्धिको म्याद समाप्त भएको छ । 

वैदेशिक रोजगार ऐन २०६४ मा भएको संशोधन बमोजिम बृद्धि गरिएको धरौटी जम्मा गर्ने इजाजतपत्रवाला संस्थाहरुको संख्या ८४८ पुगेको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए । म्यानपावर संस्थाहरुको नगद धरौटीको भेरिफाई गर्ने कार्य भोली मात्रै हुनसक्ने भएकोले ८४८ म्यानपावर संख्यामा हेरफेर हुनसक्ने उनले बताए । २ म्यानपावरले ६ करोड, ३ म्यानपावरले ४ करोड र ८४३ कम्पनीले २ करोड धरौटी बुझाएका छन् 


बिभागले जारी गरेको बिज्ञप्तिमा भनिएको छ 'कुनै संस्थाले बढेको धरौटी एक्लै पुरा गर्न नसक्ने भएमा वा एकै व्यक्तिले एक भन्दा बढी इजाजतपत्र लिएको अवस्थामा संस्था गाभिने मौका समेत दिइएकोमा जम्मा ३०३ संस्था गाभिई  १३१ संस्था बन्न पुगेका छन् । यसरी गाभिने संस्थाहरुमध्ये ६ वटा संस्था गाभिई एउटा बनेको, पाँच-पाँच वटा संस्था गाभिई बन्ने संस्था २, चार-चार संस्था गाभिई बन्ने संस्था ९, तीन-तीनवटा संस्था गाभिई बन्ने संस्था संख्या १३, दुई-दुई वटा संस्था गाभिई बन्ने संख्या १०६ रहे ।' 

बिभागले जारी गरेको बिज्ञप्ति अनुसार वैदेशिक रोजगारका लागि इजाजतपत्र लिएका कूल १५२७ संस्थामध्ये विभिन्न समयमा गरी २०४ संस्था खारेज भैसकेका थिए । बिभागले बिज्ञप्तिमा भनेको छ 'भदौ १ गतेसम्म १३२३  संख्यामा इजाजतपत्रवाला कानूनी हिसाबले अस्तित्वमा रहेका रहेका थिए । कारोबार रोक्का भएका र निष्क्रिय रहेकाहरुले समेत बैङ्क ग्यारेन्टी र धरौटी राख्न पाउने भएकोले बढेको धरौटी राख्न नसकेकै कारणले खारेजीमा पर्ने इजाजतपत्रवाला संस्थाको संख्या  ३०३ पुगेको छ । यो संख्या रुजु गर्ने क्रम जारी रहेकोले यसमा निकै सानो संख्या तलमाथि पनि हुनसक्छ ।' 

अब भदौ १९ (भोली)देखि २ करोड धरौटी राख्ने म्यानपावर मात्र संचालन गर्न पाउने भए पछि यस अघिका झन्डै ४७५ म्यानपावर कम्पनी स्वत: खारेज हुनेछन् । यसै बिषयमा बैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले म्यानपावर शंख्या १ हजार ३ सय २३ बाट झरेर ८ सय ४८ हुन आएको जानकारी दिए । 


गत आार्थिक वर्षमा कुल एक हजार ८१ वटा म्यानपावर कम्पनीले मात्रै श्रमिक पठाएका थिए । मर्जर प्रक्रियामा जानु पहिले एक हजार दुई सय ४७ वटा म्यानपावर कम्पनी क्रियाशिल रहेको बिभागले जनाएको छ । 

सरकारले वैदेशिक रोजगार ऐन २०६४ संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी बढाएको थियो। यसअघि सबै म्यानपावर कम्पनीको धरौटी ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी रहेको थियो । बैदेशिक रोजगार ऐनको पछिल्लो संसोधनमा ३ हजारसम्म पठाउनेलाई २ करोड, ५ हजारसम्म पठाउनेलाई चार करोड र त्यसभन्दा बढी पठाउनेलाई ६ करोड धरौटी राख्नु पर्ने व्यवस्था गरिएको छ । त्यसै अनुसार ८४८ म्यानपावर कम्पनीले तोकिएको धरौटी रकम राखेका हुन् । 

दुई म्यानपावर जसले राखे ६ करोड धरौटी 

काठमाडौँको गौशालामा रहेको द रिभर ओभरसिज प्रालि र इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालिले  ६/६  करोड धरौटी राखेका छन् । गत आर्थिक बर्षमा पांच हजार भन्दा बढी कामदार बैदेशिक रोजगारीमा पठाएको कारण रिभरले ६ करोड धरौटी राखेको हो । उसले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी कुल ६ करोड धरौटी राखेको हो । द रिभर ओभरसिसले गत आर्थिक वर्ष ५ हजार २ सय ५८ जनालाई वैदेशिक रोजगारीमा पठाएको थियो । इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्टले पनि ५ हजार बढी कामदार पठाउने लक्ष्यका साथ ६ करोड धरौटी राखेको हो । 

४ करोड धरौटी राख्नेमा ३ म्यानपावर 

एसओएस म्यानपावर सर्भिस, साउण्डलाइन रिक्रुटमेन्ट प्रा. लि र मोन्टेज ओभरसिज प्रालिले  ४ करोड धरौटी राखेका छन् ।  यी तीन कम्पनीले एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड धरौटी राखेका हुन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै