२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पत्रकार हमाललाई तत्तकाल छोड्न दबाब

२०७६, १९ भाद्र बिहीबार ०२:३६


पर्वत । पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ ।

पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्री ज्ञापन पत्र पठाएको हो । पत्रकार महासंघ पर्वतका सचिब गणेश गिरीले सहायक प्रमुख जिल्ला अधिकारी छविलाल सुवेदीलाई ज्ञापन पत्र पेश गर्नुभएको थियो ।

सर्वोच्च अदालतले रिहा गरे लगत्तै प्रहरीले उनलाई पुन पक्राउ गरेपछि त्यसको विरोधमा बुधबार पर्वत शाखा सहित गण्डकी प्रदेशका सबै शाखा मार्फत बुझाइएको हो । ज्ञापन पत्रमा अदालत परिसरबाटै पुन पक्राउ परेका पत्रकार हमालको विना सर्त रिहाईको माग गरिएको छ । ज्ञापन पत्रमा आस्थाको आधारमा पक्राउ गर्न नपाइने उल्लेख गरिएको छ ।

‘लामो समयदेखि क्रियाशिल र मुलधारको पत्रकरिता गरिरहेका व्यक्तिलाई एउटा विचार र आस्थाको आधारमा पक्राउ गर्नु उचित नहुने महासंघ पर्वतका सचिब गिरीले भन्नुभयो । पत्रकार हमाल जनसञ्चार अनलाईनका सम्पादक हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित