2026-09-04 04:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको धरौटी वृद्धि विरुद्ध उच्च अदालतमा रिट दायर

भदौ १९, ललितपुर । म्यानपावर नवीकरण भएको मितिसम्म धरौटी नराखी कामकाज गर्न उत्प्रेषणको आदेश माग गर्दै मास स्टाफिङ कम्पनी प्रा.लिले उच्च अदालत ललितपुर रिट हालेको छ। म्यानपावर कम्पनीको नवीकरण अवधि २०७७ अषाढ मसान्तसम्म रहेको भन्दै उक्त मितिसम्म पुरानै धरौटी र बैंक ग्यारेन्टी राखेर वैदेशिक रोजगारीमा कामदार पठाउन पाउनुपर्ने सञ्चालक लिलानाथ दाहालले निवेदनपत्रमा माग गरेका छन् । 

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई विपक्षी बनाई भदौ १५ गते दायर भएर भएको रिटमा भदौं १७ गते प्रारम्भिक सुनुवाई भएको थियो । अदालतले आगामी भदौ २५ गतेका लागि म्यानपावर व्यवसायी र विपक्षी दुवैलाई छलफलमा बोलाएको दाहालले जानकारी दिए । 

सरकारले म्यानपावर कम्पनीको धरौटी रकम ६ करोडसम्म बढाएपछि उक्त रकम राख्न नसक्ने अवस्थाका कारण कानूनी बाटो रोजेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो