2026-09-13 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पनि डेङ्गुको जोखिम

 भदौ २१, दार्चुलाडेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ ।

डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ । जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेव डम्मरदत्त भट्टका अनुसार हालसम्म लेकम गाउँपालिका–३ का १२ वर्षीया निरुता चन्द, महाकाली नगरपालिका–९ का १७ वर्षीय योगेश सामन्त, दुहुँ गाउँपालिका–३ का ३६ वर्षीय उत्तमबहादुर वम, वडा नं २ का ३० वर्षीय गोमती बम रहेका छन् । 

विगतमा तराईमा बसोवास गर्नेहरुमा मात्रै डेङ्गुको सङ्क्रमण देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लामा पनि फैलिन थालेको भट्टको भनाइ छ । गर्मी र फोहरका कारण हरेक वर्ष जिल्लामा डेङ्गुको जोखिम बढ्दै गएको छ ।

जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा गजेन्द्र दुवालका अनुसार अहिलेसम्म डेङ्गुको सङ्क्रमण देखिएका चार जनामध्ये बाहिरी जिल्लाबाट फर्किएकामा दुई जनामा यो रोग देखिएको हो । यो रोग लामखुट्टेले सङ्क्रमित मानिसलाई टोक्ने र त्यो लामखुट्टेमा भाइरस विकास हुने हुँदा स्वस्थ मानिसमा समेत सर्न जाने गरेको स्वास्थ्यकर्मी बताउँछन् । गत वर्ष जिल्लामा १३ महिला र सात जना पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो ।

“बर्सातको समयमा जताततै पानी जम्दा लामखुट्टेले फुल पार्ने मौका पाउँछ”, डाक्टर दुवालले भन्नुभयो, “हरेक वर्ष साउन÷भदौमा डेङ्गुका कारण बिरामी बढ्ने गर्छन् ।’’ 

यस्तै केहीलाई यही समयमा बढी भाइरल ज्वरोले समात्ने गर्छ । डेङ्गु रोग लागेपछि एक्कासि उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा बिमिरा आउने, रक्तस्राव हुने, आँखाको गेडी तथा टाउको पछिल्लो भाग बढी दुख्ने यसका लक्षण हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, आफू बस्ने वरिपरि पानी जम्न नदिने, पानी ट्याङ्कीलाई एक हप्तामा सफाइ गर्ने लगायतका कार्य गर्न सकिने उनीहरुको सुझाव छ । 

यसैबीच दार्चुलाका सबै स्वास्थ्य संस्थामा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । नौ वटै स्थानीय तहका स्वास्थ्य चौकी र दुई वटा अस्पतालमा भाइरलका बिरामीको चाप बढेको हो । मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेको डा दुवाल बताउनुहुन्छ । 

जिल्ला अस्पताल दार्चुलामा आउने झण्डै एक सय बिरामीमा ६० प्रतिशतभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पानी फोहर हुनु, खानामा ध्यान नदिनु जस्ता कारणले अहिले बिरामीको चाप बढेको छ । गोकुलेश्वर अस्पतालमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दैनिक ५०÷६० जनासम्म भाइरल ज्वरोका मात्रै बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले