२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा पनि डेङ्गुको जोखिम

२१ भाद्र २०७६, शनिबार ११:२८

 भदौ २१, दार्चुलाडेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ ।

डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ । जिल्ला अस्पताल दार्चुलाका सिनियर अहेव डम्मरदत्त भट्टका अनुसार हालसम्म लेकम गाउँपालिका–३ का १२ वर्षीया निरुता चन्द, महाकाली नगरपालिका–९ का १७ वर्षीय योगेश सामन्त, दुहुँ गाउँपालिका–३ का ३६ वर्षीय उत्तमबहादुर वम, वडा नं २ का ३० वर्षीय गोमती बम रहेका छन् । 

विगतमा तराईमा बसोवास गर्नेहरुमा मात्रै डेङ्गुको सङ्क्रमण देखिन्थ्यो तर पछिल्लो समय पहाडी जिल्लामा पनि फैलिन थालेको भट्टको भनाइ छ । गर्मी र फोहरका कारण हरेक वर्ष जिल्लामा डेङ्गुको जोखिम बढ्दै गएको छ ।

जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा गजेन्द्र दुवालका अनुसार अहिलेसम्म डेङ्गुको सङ्क्रमण देखिएका चार जनामध्ये बाहिरी जिल्लाबाट फर्किएकामा दुई जनामा यो रोग देखिएको हो । यो रोग लामखुट्टेले सङ्क्रमित मानिसलाई टोक्ने र त्यो लामखुट्टेमा भाइरस विकास हुने हुँदा स्वस्थ मानिसमा समेत सर्न जाने गरेको स्वास्थ्यकर्मी बताउँछन् । गत वर्ष जिल्लामा १३ महिला र सात जना पुरुषमा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो ।

“बर्सातको समयमा जताततै पानी जम्दा लामखुट्टेले फुल पार्ने मौका पाउँछ”, डाक्टर दुवालले भन्नुभयो, “हरेक वर्ष साउन÷भदौमा डेङ्गुका कारण बिरामी बढ्ने गर्छन् ।’’ 

यस्तै केहीलाई यही समयमा बढी भाइरल ज्वरोले समात्ने गर्छ । डेङ्गु रोग लागेपछि एक्कासि उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा बिमिरा आउने, रक्तस्राव हुने, आँखाको गेडी तथा टाउको पछिल्लो भाग बढी दुख्ने यसका लक्षण हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गुबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, आफू बस्ने वरिपरि पानी जम्न नदिने, पानी ट्याङ्कीलाई एक हप्तामा सफाइ गर्ने लगायतका कार्य गर्न सकिने उनीहरुको सुझाव छ । 

यसैबीच दार्चुलाका सबै स्वास्थ्य संस्थामा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । नौ वटै स्थानीय तहका स्वास्थ्य चौकी र दुई वटा अस्पतालमा भाइरलका बिरामीको चाप बढेको हो । मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेको डा दुवाल बताउनुहुन्छ । 

जिल्ला अस्पताल दार्चुलामा आउने झण्डै एक सय बिरामीमा ६० प्रतिशतभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन् । पानी फोहर हुनु, खानामा ध्यान नदिनु जस्ता कारणले अहिले बिरामीको चाप बढेको छ । गोकुलेश्वर अस्पतालमा समेत भाइरल ज्वरोका बिरामी बढेका छन् । दैनिक ५०÷६० जनासम्म भाइरल ज्वरोका मात्रै बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान