2026-09-13 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

अपर नौगाडले असोजदेखि विद्युत् उत्पादन गर्ने

नरेन्द्रसिंह कार्की, भदौ २२, दार्चुला  (रासस) । जिल्लाको नौगाड गाउँपलिकामा निर्माणाधीन आठ मेघावाट क्षमताको माथिल्लो अपर नौगाडले आगामी असोज पहिलो साताबाट विद्युत् उत्पादन गर्नेभएको छ । आयोजनाको ९९ प्रतिशत निर्माण कार्य सम्पन्न गरेकाले असोज पहिलो साताभित्रै नियमित विद्युत् उत्पादन थाल्ने भएको हो ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रबाट साढे आठ मेघावाटको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै विद्युत् उत्पादन गरेको अपि हाइड्रो पावरले माथिल्लो नौगाड जलविद्युत् आयोजनाको निर्माण पनि अन्तिम चरणमा पु¥याएको छ । यसअघि चैत्रभित्रै विद्युत् उत्पादन शुरु गर्ने लक्ष्य राखिएकोमा साउन महिनाको बाढी र प्राविधिक कारणले निर्माण कार्यमा केही ढिलाइ हुन गएको आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले जानकारी दिनुभयो ।

रु एक अर्ब ८० करोड लागतमा माथिल्लो नौगाड निर्माण हुँदैछ । आठ मेगावाट विद्युत् थप भएसँगै सुदूरपश्चिममा भइरहेको विद्युत्को अनियमित कटौती पनि घट्ने विश्वास गरिएको छ । निजी क्षेत्र आकर्षित हुन नसकेको अवस्थामा प्रदेशमा अपि हाइड्रो पावर कम्पनीले एक आयोजना सम्पन्न गरेसँगै दोस्रो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम तयारी थालेको हो । 

अहिले विद्युत्को पावरहाउसमा इलेक्ट्रोनिक मेकानिकल जडान तथा परीक्षणको काम भइरहेको कोइरालाले बताउनुभयो । पावरहाउसमा चार/चार मेगावाट क्षमताका दुइटा युनिट राखिएको आयोजनाले जनाएको छ । भारतबाट पावरहाउसको सामान ल्याएर जडान गरिएको छ । विसं २०७५ साउनको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति गरेका कारण आयोजनाको लागत र समय थप गरिएको उहाँको भनाइ छ  । गत साउनमा आएको बाढीले मात्रै आयोजनामा रु १० करोडको क्षति भएको थियो ।

नौगाड–६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगी सुकेखोलाको पावरहाउसमा खसालिएको छ । पाइपलाइन (पेनस्टक)को लम्बाई पाँच किलोमिटर छ । विसं २०७३ असोजदेखि निर्माण शुरु गरिएको थियो । अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । यसका लागि नौ किलोमिटर लामो ३३ केभीए प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको आयोजना इन्चार्ज कोइरालाले बताउनुभयो ।

विसं २०७२ भदौ २ देखि व्यावसायिक उत्पादन थालिएको नौगाड प्रथम जलविद्युत् आयोजना छोटो समयमै निर्माण सम्पन्न गरेको देशभरीकै नमुना योजना बनेको थियो । उहाँका अनुसार माथिल्लो नौगाड आयोजनाको बहुवित्तीय व्यवस्थापन नेपाल एसबीआई बैंक लिमिटेडको अगुवाइमा प्रभु बैंक लिमिटेडसमेतको लगानीमा निर्माण भएको हो ।

यस्तै ४० मेगावाटको माथिल्लो चमेलीया जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरण र अपि पावर कम्पनी लिमिटेडबीच सो क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) यसअघि नै भइसकेको छ । 

आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन तथा सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाई कार्यक्रम भइसकेको आयोजनाले जनाएको छ । जिल्लाको गुल्जरमा आयोजना निर्माण गर्नका लागि भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवद्र्धक कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो ।

यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग ग्रीड लाइन तथा  जडानका लागि भने सम्झौता सम्पन्न भइसकेको अपी हाइड्रो पावर कम्पनीले जनाएको छ । शुरुमा साढे आठ मेघावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गर्दै राष्ट्रिय प्रसारण लाइनमा जोडेको अपि हाइड्रो पावरले थप आठ मेघावाट क्षमताको अपर नौगाडको निर्माण अन्तिम चरणमा पु¥याएपछि माथिल्लो चमेलीया जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढेको हो । 

अपर चमेलिया जलविद्युत् आयोजनाबाट वार्षिक २६.४१ करोड युनिट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । कम्पनीले दशैँपछि निर्माण शुरु गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोडका हिसाबले आयोजनाको कूल लागत रु सात अर्ब २० करोड लाग्ने अनुमान कम्पनीको छ ।

विद्युत् प्राधिकरण आफैँले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको निर्माण लागत प्रतिमेगावाट झन्डै रु ५३ करोड पुगेको थियो । माथिल्लो चमेलिया आयोजनाको निर्माणपछि सुदूरपश्चिम प्रदेशमा विद्युत् आपूर्ति बढ्ने र भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास कम्पनीको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले