२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बडिगाड गाउँपालिका ३ सिसाखानीमा खानेपानी निर्माण कार्यको आम भेला सम्पन्न

२३ भाद्र २०७६, सोमबार ०२:३३

हेम विश्वकर्मा | भदौ २३, बाग्लुङ | बडिगाड गाउँपालिका वडा नं ३ सिसाखानीमा खानेपानी निर्माण कार्यको आम भेला सम्पन्न भएको छ । 

वडिगाड गाउँपालिका ३ नं वडा कार्यलयको आयोजना , नेपाल स्वास्थ्यका लागि खानेपानी कार्यक्रम नेवाको सहजीकरणमा धाराखोला खानेपानी योजना साल्फेद र योजना चम्लाफेद अन्तर्गतको खानेपानी निर्माणकार्यको आम भेला सम्पन्न भएको हो । 

उक्त भेलाले भक्त बहादुर घर्ती को अध्यक्षतामा खानेपानी निर्माण समिति गठन गरेको छ । जसको उपाध्यक्षमा झममाया काउचा, सचिवमा छविलाल भुजेल, सह सचिवमा नन्दु पुन, कोषाध्यक्षमा छममायाँ पुन साथै सदस्यहरुमा चन्द्रा विक, कासिराम काउचा, तेज बहादुरं पुन, कौसिला पुन, चन्द्र बहादुर पुन गोपिराम काउचा लगायत रहनु भएको छ ।

आयोजनाको कार्य सञ्चालनको लागि आज योजना चम्लाफेद खण्डको सर्भे गर्ने कार्य अगाडि बढिरहेको वडा कार्यलयले जनाएको छ । भोली योजना साल्फेद खण्डको सर्भे गर्ने काम हुने बताइएको छ । उक्त खानेपानी योजना सफल भएसँगै साविक वडा नं ४, ५ र ६ का करिब १ सय ५ घरधुरी लाभाम्बित हुने वडा सदस्य चुडा बहादुर पुनले जानकारी दिनुभयो  । 

बैठकले प्रत्येक घरधुरीको क,ख,ग बर्ग हुनेगरी सम्पन्नता बर्गिकरण समेत गरेको छ । जसले संञ्चालित कार्यक्रम तथा योजनाको लागि दायित्व संकलनको समेत निर्धारण गरि अगाडि बढ्ने योजना रहेको पुनको भनाइ छ । 

उक्त योजनाको साविक ७, ८ र ९ मा पनि सर्भे भैसकेको छ । यसका साथै साविक १, २ र ३ नम्बर वडामा समेत छिट्टै छलफल गरी अगाडि बढ्ने तयारी भैरहेको वडा सदस्य पुनले जानकारी दिनुभयो । कार्यक्रम वडा अध्यक्ष खड्क पुनको अध्यक्षता, वडा सदस्य पार्वती काउचाको स्वागत मन्तव्य नेवा संस्था का कृष्ण काफ्ले को सहजिकरण साथै समीर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो