Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पदमागर्दले जोडिँदै पञ्चकोट–ढोरपाटन

२०७६, २४ भाद्र मंगलवार ०३:११

खेमराज गौतम, भदौ २४, गलकोट ।  बागलुङको पर्यटन विकासका लागि नयाँ पदमार्ग पहिचान गरिएको छ । नेपालका १०० पर्यटकीय गन्तव्यमध्येका दुई गन्तव्य पञ्चकोट र ढोरपाटनलाई पदमार्गमार्फत जोड्न पदमार्ग पहिचान गरिएको हो ।  

पदमार्गले दुई पर्यटकीय गन्तव्यलाई जोडेर त्यस क्षेत्रमा भएका अन्य पर्यटकीय सम्भावना बोकेका स्थानको प्रवद्र्धनका लागि पदमार्गको पहिचान गर्न थालिएको हो । पहिलो चरणमा बागलुङ नगरपालिका–६ पञ्चकोटदेखि काठेखोला गाउँपालिका र म्याग्दीको बेनी नगरपालिकाको शिर बेलढुङ्गासम्म पदमार्गको रेखाङ्कन गरिएको छ । 

पदमार्गलाई विस्तार गरी ढोरपाटनसम्म पु¥याइनेछ । जिल्लाको पर्यटकीयस्थललाई पदमार्गमा जोड्न पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, बेलढुङ्गासम्म पदमार्गको पहिचान गरिएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।  भ्रमण वर्ष २०२० मा बागलुङ आउने पर्यटकलाई पदमार्गका बारेमा जानकारी गराई पर्यटन प्रवद्र्धनमा सहयोगका लागि समेत पदमार्ग रेखाङ्कन गरिएको छ । 

पदमार्गको ‘धौलागिरि चक्रपथ’ नामकरणसमेत गरिएको छ । बागलुङका वडा नं ६ र ७, बेनी नगरपालिकाका वडा नं २ र ३, काठेकोला गाउँपालिकाका वडा नं १, २ र ३ का पर्यटकीयस्थल तथा ऐतिहासिक महत्व बोकेका स्थानलाई समेटेर पञ्चकोट–बेलढुङ्गा पदयात्रा गरी पदमार्गको रेखाङ्कन गरिएको थियो ।

पञ्चकोटदेखि बेलढुङ्गा, ताराखोला हुँदै ढोरपाटनसम्म नयाँ पदमार्ग निर्माणका लागि पहिलो चरणमा २५ किलोमिटर पदमार्गको रेखाङ्कन गरिएको धौलागिरि पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलले बताउनुभयो । पञ्चकोटदेखि ढोरपाटन पुग्ने पदमार्ग झण्डै १०० किलोमिटर लामो हुनेछ । 

“दुई पर्यटकीयस्थललाई जोडी ढोरपाटन शिकार खेल्न जाने बाह्य पर्यटकलाई पञ्चकोट हुँदै पदमार्गको माध्यमबाट ढोरपाटन पु¥याउने लक्ष्य हो”, कँडेलले भन्नुभयो, “पदमार्गमार्फत पर्यटक आवतजावत गर्दा पदमार्गले छोएका अन्य पर्यटकीयस्थलको थप प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।” 

जिल्लाका सबै पर्यटकीयस्थललाई पदमार्गले जोड्न सकेमा मात्र बागलुङ पर्यटकको गन्तव्य बन्न सक्ने कँडेलको भनाइ छ । पञ्चकोट–बेलढुङ्गामा पदमार्गको जानकारी बोर्ड, उचाइ तथा सङ्केत राखी पदयात्रीलाई सहज बनाउन धौलागिरि चक्रपथ विकास समितिसमेत गठन गरिएको छ । काठेखोल–७ का वडाध्यक्ष प्रेम लामिछानेको संयोजकत्वमा पदमार्गले छोएका सबै स्थानीय तह सहभागी रहने गरी समिति गठन गरिएको हो । 

पदमार्गमा जोडिएका सबै स्थानीय तहलाई समेटेर पदमार्गको विकासका लागि लाग्ने धौलागिरि चक्रपथ विकास समितिका संयोजक प्रेम लामिछानेले बताउनुभयो । “अर्को वर्षसम्म पञ्चकोटदेखि बेलढुङ्गासम्म सजिलै हिँड्न मिल्ने गरी पदमार्ग निर्माण गर्नेर्छौं”, लामिछानेले भन्नुभयो, “पर्यटक आउन थालेपछि पर्यटन मन्त्रालयको सहयोगमा ढोरपाटनलाई यही पदमार्गमा जोड्ने लक्ष्य छ ।” 

पदमार्गको विकाससँगै पदमार्गमा जोडिएका बेलढुङ्गा, संसारकोट, थाप्लेको धुरी, कान्छौ धौलागिरिलगायतका नयाँ पर्यटकीय गन्तव्यको विकास हुने चक्रपथ विकास समितिले जनाएको छ । पञ्चकोटमा दैनिक सयौँ पर्यटक आउन थालेपछि पञ्चकोट पुगेका पर्यटकलाई पदमार्गमार्फत सोझै ढोरपाटन पु¥याउन पदमार्गको पहिचना गर्न लागिएको हो । पञ्चकोट पुगेका अधिकांश पर्यटकलाई ढोरपाटन पु¥याउन सके जिल्लाले पर्यटनको क्षेत्रमा ठूलो फड्को मार्ने बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित