२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी खुलाउन बसेको आजको वार्ता सकियो, भोलि पुनः बैठक बस्ने (अपडेट)

२४ भाद्र २०७६, मंगलवार १०:३०

मनोज पराजुली । भदौ २४, क्वालालम्पुर । नेपाल र मलेसिया विच श्रम समझदारी अनुरुप बाँकि रहेका विषय टुंगो लगाउन दुई देश बिचको प्रविधिक कमिटिको बैठक सकिएको छ । मलेसिया स्थित पुत्राजयमा मंगलबारबाट शुरु भएको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने गरि सकिएको मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले जानकारी दिए ।

दुई  देश बीचका प्रतिनिधि सहभागी भएको बैठकबाट मलेसियाको रोजगारीको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

मलेसियन उच्च अधिकारी सहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि वार्तामा बसेको हो । 

मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग नेपालले गर्दै आएको छ । समझदारी अनुरुप मलेसियाले नेपाल सरकारलाई मेडिकल संस्था छनौटको लागि मापदण्ड पठाएको थियो । सोही अनुरुप नेपालले १२२ संस्थाको नामावली मलेसिया पठाएको थियो । तर मलेसियाले यसअघि कामदारको स्वास्थ्य परिक्षण गर्दै आएका ३६ वटा संस्थाबाट काम शुरु गर्ने र अन्य संस्थालाई वार्षिक कार्यतालिका अनुरुप अनुगम गरि थप गर्दै जाने भन्दै नेपाललाई पत्र पठाएको छ । हाल वार्ताको प्रमुख एजेन्डा नै यहि विषय बनेको छ । 

स्वास्थ्य संस्था थप्ने सहमती भएमा विगत १५ महिनादेखी रोकिएको मलेसियाको रोजगारी खुल्ने अपेक्षा गरिएको छ । गत वर्ष कार्त्तिक १२ गते नेपाल र मलेसिया विच श्रम समझदारी पस्चात कामदारको लागत खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमती भएको थियो तर श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य संस्थाको सिन्डिकेट पनि अन्त्य हुनुपर्ने अडान लिँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य