2026-09-13 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा जङ्गली हात्तीको बथानले गर्यो उखुबाली नष्ट

भदौ २५, कञ्चनपुर ।लालझाडी गाउँपालिका–१ विनाबारीमा जङ्गली हात्तीको बथानले उखु बालीमा नोक्सान गरेको छ । गए राति भारतको दुधुवा नेशनलपार्कबाट आएको हात्तीको बथानले गाउँपालिका अध्यक्ष मदसेन वडायकको सहित आधा दर्जन बढी किसानको उखु बालीमा नोक्सानी गरेको हो ।

तीसदेखि ३५ को सङ्ख्यामा रहेका हात्तीले खाएर र खुट्टाले कुल्चेर उखु बालीमा नोक्सानी गरेको गाउँपालिका अध्यक्ष वडायकले बताउनुभयो । “रातभरि हात्तीको बथान उखु बारीमै बस्यो”, उहाँले भन्नुभयो, “मुस्किलले भगाउन सक्यौँ ।” हात्तीको बथान नजिकैको लालझाडी संरक्षित वनतर्फ गएकाले अझै बस्तीमा छिरेर आतंक मच्चाउने चिन्ता रहेको उहाँले बताउनुभयो । 

हात्तीबाट उखु तथा अन्य बाली जोगाउन स्थानीय बासिन्दा रातभर जाग्रामसमेत बस्न थालेका छन् । प्रत्येक वर्ष धान, मकै र उखु बाली पाक्नै थालेका बेला हात्तीले नेपाली बस्तीमा छिरेर नोक्सानी गर्दै आएका छन् ।

केही दिनअघि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको अर्को हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानले लगाएको धान बालीमा नोक्सानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले